गजल

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

रस पिऊँ कति तन्तन प्रीतिमा,
गहिरियो स्मृति झन्झन प्रीतिमा।

मृदु-मिलाप भएन यसै पनि-
भन गरूँ कति गन्गन प्रीतिमा ।

गजलका जलका दहमा डुबी-
गरिरहें जप मन्मन प्रीतिमा ।

 

अधर चुम्बन तल्तलको बढी-
वदन जल्दछ दन्दन प्रीतिमा ।

रहरझैं करका उनका चुरी-
मधुर बज्दछ छन्छन प्रीतिमा ।

वचनका मृदुतामय जादुमा-
कति दलूँ भन चन्दन प्रीतिमा ?

कति वियोग सहें, कति तड्पन-
अझ गरूँ कति क्रन्दन प्रीतिमा ?

छन्द: द्रुतविलम्बित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.