नेपाल जाग्दैन है ।

gyanendra, bahadur, singh, ज्ञानेन्द्र बहादुर सिंह,pallawa, पल्लव

ज्ञानेन्द्र बहादुर सिंह

धेरै दुष्ट म देख्छु गोप्य घरको संसार फैलाउने ।
आजै लड्न तयार हौं सब सखे चाहिन्न भत्काउने ।
हो साँच्चै बलवानले भिख जसै अस्तित्व माग्दैन है ।
खै देखिन्न नि राष्ट्र प्रेम अहिले नेपाल जाग्दैन है ? ।१।

धेरै छ्न् किन चाटुकार जगमा खै बुद्धि भाग्यो कता ?
छाती दुख्छ कटक्क चिर्छ शिर यो यी ज्यादती सम्झदा ।
भन्छन् भन्न त बन्छ स्वर्ग जग यो विश्वास लाग्दैन खै ।
आफ्नो पौरख दान भो सुलभमा नेपाल जाग्दैन है।२!

 

हाम्रासाथ अनन्त प्राकृत छटा छन् स्रोत धर्ती भर ।
पैसा छ्न् तर छैन काम तिनको व्यर्थै भयौं जर्जर ।
पेलिन्छ्न् निमुखा सधैं छ्ल गरी अन्याय भाग्दैन खै ?
जाली भ्रष्ट बढे चढे शिखरमा नेपाल जाग्दैन है ।३।

राम्रो राष्ट्र बनाउने गजबका कानून बन्दैछ रे ।
गर्नैपर्दछ पालना नियम ती पर्दैन भन्छन् अरे ।
ठाडै लुट्छ अटेर गर्छ दुनियाँ ढाँटेर थाक्दैन है ।
छाडा भो दुनियाँ अहो!नियम खै नेपाल जाग्दैन है ।४।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.