गोम बिक्रम का केही मुक्तकहरूः

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

मुक्तक -१
मुखमा त तिमी, गुराँस फुलाउँछौ !
आँखामा पनि, दुनियाँ भुलाउँछौ !!
चिन्नै सकिन्न झट्टै, जान्नै सकिन्न फ्याट्टै !
व्यवहारमा सधै, थाङ्गनामा झुलाउँछौ !!

मुक्तक -२
आफ्नै मान्छे भनिवरी, सँगै जान आँट्यौ त नि
आउँछु भनी पर्खाएर, ढाँट्नुसम्म ढाँट्यौ त नि
इमानीलाई फसाएर, दुनियाँलाई हँसाएर
दोबाटोमा पुगेपछि, आखिर बाटै फाट्यौ त नि ॥

 

मुक्तक- ३
यति गहिरो माया पनि, मलाई न तँलाई भयो
दोषारोपण गरिकन, व्यर्थै मुटु जलाई भयो
आखिर टाढा हुनुरैछ, आँशुले मुख धुनुरैछ
तिमीले गर्यौ गल्तिहरू, सजायँ पो मलाई भयो ।

मुक्तक-४
मेरै मनको बारीभरी, पिरतीको साग लगायौ
सा-सात-जुनी जिउँला भनी, समयको भाग लगायौ
एक अर्काको भई धड्कन, चल्दै थियो मस्त जीवन
मेरो जीवनबाट उम्की, नचाहिँदो दाग लगायौ ।

मुक्तक -५
असलमाथी दोष थप्ने, खराब तिम्रै भय लाग्छ
तेत्तीस हुँदा तिम्रो माया, तेब्बर मेरो सय लाग्छ
अमृतमा बिष छर्केपछि, दु:खमा पर्दा तर्केपछि
तिम्रो माया त अबका लागि केवल अभिनय लाग्छ ।

✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७५/०९/०९
(पल्लवमा दिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.