रामराजा तिमिल्सिना का छ टुक्रः

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

(एक )
नाङ्गै न बन्नू कपडा फुकाली
छाडा नलाग्नू लफडा निकाली
मान्छे हरू हो गति छाड्न हुन्न
यै धर्म तिम्रो मति छाड्न हुन्न

पूर्खा नसम्झे पनि पाप लाग्छ
वेदार्थ बिर्से पनि श्राप लाग्छ
स्व: धर्म को सम्पति छाड्न हुन्न
पूर्खा पिताको मति छाड्न हुन्न

 

के पाइने हो पर धर्म पिएर
आफ्नै बुतामा गर कर्म लिएर
बे धर्म छाडा गति छाड्न हुन्न
बेशर्म बन्दै गति छाड्न हुन्न

(दुइ )
हेमा कुण्ड विशाल शंकर शिवा को वास बस्ने घर
यो नेपाल न हो महान धरणी द्यौता हुने मन्दिर
जन्मे व्यास यहीँ र वेदहरुले मन मुग्ध पारे पछि
यो नेपाल त स्वर्ग नै हुन गयो द्यौता थुपारे पछि

प्यारा वुद्ध उठेर शान्ति पथको सन्देश छाई रहे
गौरीले शिव पार्वती युगलको मायाँ सिकाई रहे
ज्ञानी ज्ञान दिदैँ गरे भुवनमा आनन्द झारे पछि
यो नेपाल त स्वर्ग नै हुन गयो द्यौता उतारे पछि

(तीन )
छन्द:मालिनी
नियम नियतिको हो यै चलेको चल्यै छ
दिन प्रतिदिन मान्छे , पो जलेको जल्यै छ

दिल उपवन जस्तै वाटिका सोच्छ मान्छे
जुन असमयमा नै , जो झरेको झर्‍यै छ

हर बखत थकाई मेट्न सक्दैन मान्छे
मन विचलन पारी , ऊ तरेको तर्‍यै छ

पति बधु अनि पत्नी भागिनी दाजु भावी
अग्रज अनुज नाता थोपरे थोपर्‍यै छ ।

चार ) मुक्तकहरूः
मेरो चेतन भित्र रातहरु छन् देखिन्न खै चाँदनी
भेटेँ जीवन भित्र घातहरु छन् , लुक्दै छ छायाँ मुनि
टर्रो स्वाद छ ओखती जलनको पीडा हटाऊँ कि म
हिँड्नै मुश्किल जिन्दगी गमनको बाटो कटाऊँ कि म

आशा छैन मशान घाट सरिको जल्दै गरेँ चित्तमा
सुस्केरा हरु गीत बन्छ सुरिलो गाईरहौँ मित्र म
आगो सँग मिलेर तापहरुकै तातो लगाऊँ कि म
प्यारा भोक र शोक दल्दल हरू मात्रै अटाऊँ कि म

आँखाले सपना तुने कि निदरी रङ्गेेर रातो भईन्
कैल्यै पूर्ण हुँदैन भन्न सजिलो यौटा कथा पो रहिन्
श्रोता माझ वियोग चोट र ब्यथा खोली सुनाऊँ कि म
आफ्नै सेवक वेदना हरु बने यै गुन्गुनाऊँ कि म ।।
शार्दुलविक्रीडित

पाँच ) नेपालले हुन्न र ?
आमा भन्छिन ती रुँदै जलनले छोरा नजाऊन् पर
मेरो देश विदेशको चलनले बन्दै छ खोक्रो घर
छोडी कर्मठ पाखुरी पर गए बेहालले छुन्न र
लाग्दै छौ परदेश मात्र जहिले नेपालले हुन्न र

जन्ती छैन विवाह हुन्छ त नयाँ छन् बेहुला बेहुली
मर्दा लास पुगेन घाट तटमा नेपाललाई भुली
रोगी मानिस छन् नितान्त घरमा संभावना रुन्न र
लाग्दै छौ परदेश मात्र जहिले नेपालले हुन्न र

रित्तो काख लिएर रुन्छ ममता सन्तान स्वार्थी भयो
मात्रै भोग विलासमा मनुजता के चैँ निस्वार्थी रह्यो
तिम्रो गाउँ हुँदै छ शून्य अधुरो नैराश्यले छुन्न र
लाग्दै छौ परदेश मात्र जहिले नेपालले हुन्न र ।।

(छ) 

हेमा कुण्ड विशाल शंकर शिवा को वास बस्ने घर
यो नेपाल न हो महान धरणी द्यौता हुने मन्दिर
जन्मे व्यास यहीँ र वेदहरुले मन मुग्ध पारे पछि
यो नेपाल त स्वर्ग नै हुन गयो द्यौता थुपारे पछि

प्यारा वुद्ध उठेर शान्ति पथको सन्देश छाई रहे
गौरीले शिव पार्वती युगलको मायाँ सिकाई रहे
ज्ञानी ज्ञान दिदैँ गरे भुवनमा आनन्द झारे पछि
यो नेपाल त स्वर्ग नै हुन गयो द्यौता उतारे पछि

जो रामायण ज्ञान कुञ्ज कविता वाल्मीकि लेख्छन् सबै
नेपाली पन जानकी जनकले सम्झाउँदा विश्व नै
ब्याख्या भाव प्रचार थिईन् र भृकुटी ढोका उघारे पछि
यो नेपाल त स्वर्ग नै हुन गयो द्यौता उतारे पछि

बज्छन् मन्दिर भित्र घण्ट हरि ॐ देवार्थका हाँकमा
लाखौं मन्दिर छन् पुजौँ सुजन हो भू स्वर्ग नेपालमा
बत्ती लाख कपास वर्तन रुई सन्दीप बाले पछि
यो नेपाल त स्वर्ग नै हुन गयो द्यौता उतारे पछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.