नानु गौतम रेग्मीका केही मुक्तकहरूः

Nanu, Gautam, Regmi, नानु गौतम रेग्मी, pallawa, पल्लव

नानु गौतम रेग्मी

जिन्दगीमा तिम्राे कहिलै हार हुनेछैन ।।
तिम्रो जीवन कहिल्यै बेकार हुने छैन।।
तिमीलाई एक दिन दुनियाँले चिन्नेछ।।
तिम्राे जस्ताे उच्च कसैकाे बिचार हुनेछैन ।।

हाँसो र खुसीहरू ओठमा सधै छाइरहोस्।
तिम्रो जीवनमा उमंग र उत्साह आइरहोस्।।
प्रगतिको पथमा तिमी अगाडी बढ्दै जानु।
तिम्रा पाईलाले सदैव सफलता पाइरहोस्।।

 

उनकै लागि व्रत बसेँ, यो तीज मा पनि !!
सधै मेरा प्यारा स्वस्थ ,खुशी रहुन भनी !!
जन्म मृत्यु प्रकृतिको नियम नै हो , सानू
सयौं जुनि बाँच्न पाउँ तिम्रै ,अर्धाङ्गिनी बनी ।।

सधैं तिम्रो जिन्दगीमा खुशी उमंग छाई रहोस् प्यारा !
दुनियाँ ले सधै भरि तिम्रो नै गुन गाई रहोस् प्यारा !
जन्मदिनको लाखौं-लाख शुभकामना” छ तिमीलाई,
उन्नति र प्रगति सधै तिम्रो समीप आई रहोस् प्यारा !!

जिन्दगीमा कहिलेकाही हावाहुरी चलिदिन्छ
नकाटिने गरी आफ्नै गर्दनमा छुरी चलिदिन्छ
नियतीको खेल भनु कि आफ्नै भाग्यको खेल
सोच्दै नसोचेको भीषण ति उजुरी चलिदिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.