गोम बिक्रम का पाँच मुक्तक

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

मु्क्तक -१
मेनका भनूँ या उर्वशी, न सुहाउँद‍ो उपमा भेट्छु ?
सँगको जोडी भनाउँदो, खाडीको चर्को धूपमा भेट्छु
प्रयोगवादी हुँदै गैछ्यौ, सबको मन छुँदै गैछ्यौ
तिम्लाई हेरे नेटमा पनि, अचेल नौला रुपमा भेट्छु ।

मुक्तक-२
जलपरी झैं सलसल, नाच्दै बग्छ्यौ जलमा तिमी
स्थलमा पनि आइहाल्छ्यौ, कल्पनाको बलमा तिमी
सपनी अनि विपनीमा, देख्छु मनको आगनीमा
तर मेरो घरमा नआई, राख्छ्यौ सधै छलमा तिमी !

 

मुक्तक-३
व्यवहार रुखो-तीतो नै छ, बोलीमा चिनी घोले पनि
दुनियाँलाई थाहा नै छ, मुखले कत्ति नबोले पनि
अब आफैले गुन्नुपर्छ, सबको आवाज सुन्नुपर्छ
कसले अब चिन्दैन र ?, मुकुण्डो जति नखोले पनि ।

मुक्तक-४
माया गर्नेले मुटुभरी, चोखोमाया साँचेको पाएँ
खतराहरु उठाएर, मायाको निम्ति बाँचेको पाएँ
बाचाकसम ख्वाउनेले, तिम्रै हुँ भनी र्‍वाउनेले
हर दु:खमा साथै छु भनी, उल्टै मन जाँचेको पाएँ ।

मुक्तक-५
जिन्दगीलाई भोग्दै जाँदा, कतिपय भूल हुन्छ
कहिले काँडा हात पर्छ, कहिलेकाही फूल हुन्छ
सुख-दु:ख सहँदै गए, संघर्षशील रहँदै गए
हरेक कठीन कुरा पनि, आफ्नै अनुकूल हुन्छ ।

✍ गोम बिक्रम
gombicram3@gmail.com
कल्लाबारी, पाल्पा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.