यस्तो टिप्पणी गर्दै थिएँ . . . . .

Ramraja, Timilsina, Belkot, रामराजा तिमिल्सिना‎ , pallawa, पल्लव

रामराजा तिमिल्सिना‎

उपेक्षा आफ्नै हो, प्रगतिशिल नै छैन मनमा ।
सदा हारे जस्तो, हुन पनि गयो आगमनमा ।।
जुधेको हारेको, गजल कविता छन्द गलत ।
कुनै स्रष्टा ज्ञानी, रहन पनि सक्दैन फल त।।१

बरू लेखे राम्रो, बक बक गरी छन्द विहिन ।
पुरानो पुर्खाको, अचलन हुने गन्ध विहिन ।।
उसैले मार्ला है, युग बहनको बाजी भुवनमा ।
कुनै आभा छैनन्, छ गति यति के छन्द पनमा ।।२

 

रुँदै गायो बुझ्ने, हरु कम हुने,वाचन लुलो ।
भयो आगो पानी, तरल कविको भाषण ठुलो ।।
बुढ्यौली पो हो यो , तरुण वय नै मर्किन गयो ।
यहाँ हारेकोले, करुण मय भै तड्पिन गयो ।।३

नुवाकोटे भन्दै, कि त समयले झापड दियो।
कि दोषी मान्नेले, विजय पथ पाखा गर दियो।।
यहाँ यस्तै पो भो, प्रभु भजन भर्ने हरु भए।
विना भाषा खोकी, विख बमन गर्ने हरु गए।।४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.