‘आँसु’

Arjun, Dulal, Ravin, Rabin, अर्जुन दुलाल ‘रविन’, pallawa, पल्लव

अर्जुन दुलाल ‘रविन’

तँ नयन भित्र लुकेर
मुटुका हरेक दर्द कसेर
बसिरहन्छस् सँधै
रोकेर मलाई हरेश खानबाट
लाग्छ
तँ नै नजिक छस्
जब भेट्छु निराशाले ढाकिएका पर्दाहररू
मेरो वरिपरि
जब देख्छु अनौठो संसार
मेरा आँखाभरी
अनि तत्काल पग्लिन्छ मेरो मन
आकाशका सिम्सिमे पानी–

 


प्रचण्ड गर्मीले सुकिरहेका
कलिला पुष्प उमार्न बर्सिएझैँ
आशाको पुष्प उमार्न
सेलाउदै मनको उष्णता
परेली सबै भिजाएर
झरिदिन्छस् तप्प तप्प
**

तँ किन साथ दिन्छस् मलाई
जसलाई दुनियाँ असक्षम देख्छ
जसका सपनाहररू
हारको पासो लगाएर
दिन प्रतिदिन आत्महत्या गर्छन्
तर तैँले किन छोडिनस्
मेरा परेली भिजाउन
ती आशाका बिहानीहररूले
निराशाको अन्धकारमा छोड्दा
ती विजयका शिखरहररूले
पराजयका खाडलमा पुर्दा
तँ किन गइनस्
ती विहानी पछ्याउँदै
जब म कतै लडेर संसार धमिलो देख्छु
तँ टुलुक्क आईपुग्छ्स्
त्यो धमिलो हटाउन
फैलिएर वरिपरि
भरेर आँखाका किनाराहररू
भिजाउँदै परेली
झरिदिन्छस् तप्प तप्प
**
जब मस्तिष्क ले अन्योलता देख्छ
तब तँलाई सम्झन्छु
जब सफलताले पाइला मेट्छ
तब तँलाई सम्झन्छु
लाग्छ ….
म आज जे देख्दै छु
तैँले देखाएको होस्
लाग्छ….
म आज जे सोच्दैछु
तैँले सिकाएको होस्
तँ किन समीप छस्
जो लडेर चोट लाग्दा मात्र
तँलाई सम्झन्छ
जो अन्योलतामा जलेर मात्र
तेरो मित्र बन्छ
मैले बोल्न नसकेका कुरा
साहेद तैँले बुझेर नै होला
सम्झाउँछस् मैले मात्र बुझ्ने गरी
लुकेर आँखाका डिल भरी
निकाल्दै मनका पिडाहररू
बसिदिन्छस सामिप्यमा
निराशाले मन रुँदा
बुझ्नखोज्छ्स् मनको भित्री भावना
आशाको विहानी बनेर
हटाएर कालो अन्धकार
तँ आईदिन्छस् र भर्न खोज्छ्स्
निराशाको त्यो रित्तो गिलास
जीवनको गहिरो प्यास मेट्न
परेली सबै भिजाएर
यौटा सानो कुनाबाट
झरिदिन्छ्स् तप्प तप्प
**
जब आशाका किरणहररू
अनि भरोसाका मनहररू
पराजयका खाडलमा पुरिन्छन्
तब रेटिन्छन् विगतसँग वर्तमान
अनि दुख्छन् मुटुमा
ती पुराना अतितका अवशेषहररू
दबिएर भित्र भित्रै
बनेर कोईलाजस्तै तातो
जब खरले छाएको सानो
मेरो मनको झुपडीमा डढेलो लाग्छ
तब पोल्छ मुटु भत्भती
डढ्न लाग्दा यी परालभन्दा
अति मसिना साना परेलीहररू
ल्याईदिन्छ्स् निराशाको कालो बादलबाट
थोरै पानी पैँचो मागेर
निभाउन मनको आगो
आइदिन्छ्स् तँ दमकल बनेर
झरिदिन्छस् तप्प तप्प

– अर्जुन दुलाल ( रविन )
श्री कन्काई माद्यमिक विद्यालय
माई नगरपालिका ईलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.