गोम बिक्रम को विकृतिमाथिका ५ मुक्तकिला प्रहारहरूः

Gom, Bicram, Bikram, गोम बिक्रम, pallawa, पल्लव

गोम बिक्रम

मुक्तक-१
दु:खै परे नि जिन्दगीमा, हिम्मत थियो टेरिएन
तिम्रो आशमा कुर्दा-कुर्दै, कम्ति त बाटो हेरिएन
आदर्शवादी कुरा गर्छौ, अनेकथरी भ्रम छर्छौ
सामन्ती तिम्रा संस्कारहरु, कहिले पनि फेरिएन ।

 

मुक्तक-२
अलग होइन तिमीभन्दा, खाइने उस्तै मानो देख्छु
इलम ठूलो पनि होइन, गुजारा चल्ने तानो देख्छु
तिमी शिखर चढ्दै गयौ, झन्झन अझ बढ्दै गयौ
महल जत्ति ठूलो तिम्रो, मन त उत्ति सानो देख्छु ।

मुक्तक-३
छिमेकीको इशारामा, देश सधै घातमा गयो
सहिदका सपना पनि, फोश्रा-चिल्ला बातमा गयो
समृद्धि कहिले आउने हो, कसले खुशी पाउने हो
जहिले पनि देशको सत्ता, बेइमानीको हातमा गय‍ो ।

मुक्तक-४
राज्यकोषका ढुकुटी नि, उनकै लागि भोग भए
आशमा बस्ने निर्धाहरु, कुर्दा-कुर्दै बिजोग भए
सर्कार जसको आए पनि, भाषण जस्तो लाए पनि
नेताकै सुख-चैनका लागि, जनता सधै प्रयोग भए ।

मुक्तक -५
लिलामी हुन्छ देशै यहाँ, ‘उस्तै’ले कम्मर कसेपछि
निकाल्ने आँट जुर्नु कहाँ, खाल्टामा देश फसेपछि
जनता आशको भ्रममा भए, नेतृत्व लुट्ने क्रममा भए
बिर्सिन्छन् प्राय: राष्ट्रियता, ‘लक्ष्मी’ले साक्षी
बसेपछि ।

गोम बिक्रम
कल्लाबारी, पाल्पा ।
२०७५/०८/०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.