मिरा ज्ञवाली का केही मुक्तकहरूः

Mira, Gyawali, मिरा ज्ञवाली, pallawa, पल्लव

मिरा ज्ञवाली

रुँदारुँदै आउँछ मान्छे रुँदारुँदै जान्छ
म नै ठुलो म नै जान्ने ठुलो भ्रम पाल्छ
सारा संसार जितेर मै हुँ भन्दै हिडेर
आफ्नै जीवनसंग एकदिन हार मान्छ !!

मेरै देशको खोलानाला हरियाली प्यारो लाग्छ
निश्चल चोखो गाँउलेको मिठो बोली प्यारो लाग्छ
आधुनिकताका नाउँमा सर्वांग देख्ने फेसन भन्दा
परम्परादेखि लगाएको गुन्युचोली प्यारो लाग्छ ।

 

धनको गरीब भए पनि मनको गरीब हुनुहुन्ऩ
मनभित्र पीडा भएनि सबैसामु रुनुहुन्न
बाधा अड्चन आउने गर्छन गर्नुपर्छ सामना
फलोस फुलोस सबैको जीवन यही छ सुभकामना ।

बोल्नै परे मिठो बोल मित्रता भाव गाँस्न सिक
दु:ख-सु:ख सबैलाई पर्छ सम्बेदना टाँस्न सिक
कटु बचन बोलि सबैको मन दु:खाई हाँस्छ भने
तेस्तो साईनो काम छैन जरै देखि नास्न सिक !

लहलह धानका बाला झुलाउदै आयो तिहार
मखमली र हजारी फूल फुलाउदै आयो तिहार
बर्सौ पछि घुम्दै फिर्दै खुशीयाली बटुलेर
दिदी भाईमा सामिप्यता हुलाउदै आयो तिहार ।

मेरै देशको खोलानाला हरियाली प्यारो लाग्छ
निश्छल चोखो गाँउलेको मिठो बोली प्यारो लाग्छ
आधुनिकताका नाउँमा सर्वांग देख्ने फेसन भन्दा
परम्परा देखि लगाएको गुन्यु चोली प्यारो लाग्छ ।।

मिरा ज्ञवाली (पौडेल)
रुपन्देही, हालः किर्तीपुर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.