चिरञ्जीवी ढकाल का नौ गजल

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

गजल-१,
पद्वी थमाउनु को केही त, सार होस।
सम्मानका खातिर, कुनै आधार होस।

त्यस्तो पनि के जिन्दगी, गुण बिनाको,
बाँचेर केवल पृथ्वीलाई, भार होस।

माली त्यस्तो पालेर,के अर्थ होला र खै?
जब बगैँचामा, फूल मास्ने झार होस।

 

कसैले फलानो ठिकै हो, भन्न पनि त,
कारण सबैका सामु, दुईचार होस।

जनता ज्यामी हुन, नेता चैँ रानो होस,
र देश सबैको निम्ति, साझा घार होस।

गजल- २,
न कोठी धाईन्छ, न दरवार धाईन्छ ।
न फूल चाहिन्छ, न त अविर चाहिन्छ ।

जे हामी सँग छ, पोखि रहिन्छ पानोमा,
आशा गरिन्न बदलामा, के के पाईन्छ ।

पिल्स्याउने र पिल्सिने, संकृति तोड्न,
थोरै होस समाजलाई, गुन लाईन्छ ।

चिटिक्क नहोला,सोह्र सृंगार कमी भै,
सिकाई जिन्दगीहो, न हरेस खाईन्छ।

कसले रोज्यो रोजेन, त्यता चासो हुन्न,
निस्वार्थ भई साहित्यको, गीत गाईन्छ ।

गजल- ३,
आँफुलाई देश मै, बस्ने मन छ ।
सरकार चैँ मनको, दुस्मन छ ।

बन्द गर्ला भन्यो, विदेशीने बाटा,
झन झन नयाँ, बाटो पो खन छ ।

उध्योग खोली,काम दिनु चै छैन,
हाम्रा युवा बिग्रिए, मात्रै भन छ ।

भयो यहाँ माफियाको, कुरा छोड,
यस्तो लाग्छ सरकार नै, डन छ ।

किन यसरी, लथालिङ्ग भो देश ?
कुन पाटोमा भनौ, आफ्नो पन छ ?

गजल- ४,
किन किन आज भोली, देखुँ देखुँ लाग्छ ।
दोबाटोमा बसी बाटो, छेकुँ छेकुँ लाग्छ ।

खाली देख्छु जिन्दगीको, पाना त्यो माथमा,
जीवनको परिभाषा, लेखुँ लेखुँ लाग्छ ।

जस्तो गरि एकोहोरो ,बना कि छन् उन्ले,
बनाउन टुना मुना, फेकुँ फेकुँ लाग्छ ।

बनाएर नानाथरी, बहानाको चाङ,
खै किन हो आँगनमा, टेकुँ टेकुँ लाग्छ ।

शिशिरको सिरेटो ले, कठ्याग्रीँदा खेरी,
पछ्यौरीको सप्को भित्र, सेकुँ सेकुँ लाग्छ ।

गजल – ५,
यसरी निसानामा पर्छ, शिर सोचिएन।
मडारिएर आई लाग्छ, पीर सोचिएन।

केवल सुनेको भरमा, सपना बुनियो,
एक्कै किसिमको हुन्न, तक्दिर सोचिएन।

नाना खाना उस्तै, भन्थे बस्ने नि गुँड उस्तै,
भित्र यसरी खिच्लान, लकिर सोचिएन।

धेरै मौका आए, सर्तहरु लिएर तर,
जसरी नी खानु पर्छ, जागिर सोचिएन।

जसका निमित्त ,जीवन अर्पण गरियो,
उनैले बनाउलान, फकिर सोचिएन।

गजल- ६,
आँफैले कुंद्छ आँफैले पुज्छ, अचम्मै हुन्छ यहाँ।
साच्चै मान्छेको अनौठो, व्यवहारले छुन्छ यहाँ।

भगवानलाई घर बाट, निकाला गरी दिन्छ,
बगरको पत्थरलाई चै, दुधले धुन्छ यहाँ।

जसले जन्मायो हुर्कायो, उही देखि टाढा भई,
अरु पराई सँग जिन्दगीको, ताना बुन्छ यहाँ।

पाप धर्म छुट्याउने, भगवान छ त भन्छन,
तर यस्तो लाग्छ उस्लेपनि, त्यस्तै को सुन्छ यहाँ।

मान्छे मान्छेको दुष्मन, बनेर हिडेको देख्दा त,
लाग्छ बरु घर कुर्ने टमीमा, थोरै गुन्छ यहाँ।

गजल- ७,
कहिल्यै पानी आएन धारोमा, वा रे नेता ज्यु।
सँधै झुक्याई फँसायौ चारोमा,वा रे नेता ज्यु।

मखमली भाषण ग-यौ,मुसारी ठिक्क पा-यौ,
पछि लाग्ने बनायौ त्यो नारोमा,वा रे नेता ज्यु।

मोर्चामा खटायौ, गोली थाप्ने बनाएर छाती,
सत्ता पाएसी हेरेनौ गाह्रोमा, वा रे नेता ज्यु।

ज्वरो आउँदा तिमी चै, विदेशी अस्पतालमा,
मर्छ जनता बाधिन्छ घारोमा, वा रे नेता ज्यु।

पाए पछि ताला चाबी, ठड्याका छौ दरवार,
हाम्लाई सँधै बसायौ थारोमा, वा रे नेता ज्यु ।

गजल- ८,
मीठो बिहानी मनोरम, साम हजुरलाई।
कोटी कोटी हातको छ, सलाम हजुरलाई।

मन्दिर प्रतिको आस्था, बचाई बक्सियोस् प्रभु,
फूल चन्दन र भेटी, तमाम हजुरलाई।

रेशम, मलमल, ढाका,कस्मिना,के चाहिन्छ?
मह मख्खन दही दूध, जाम हजुरलाई?

आज्ञाहोस सबै भर्न, तयारछन् भक्तहरु,
सबै को आस्थाको केन्द्र, धाम हजुरलाई।

भक्तहरुको आङमा, घरबुना सम्म होस,
यत्ति बुझिबक्सियोस, प्रणाम हजुरलाई ।

गजल- ९,
चन्द्रमा बिनाको, तारा के काम हजुर?
मेलम्ची बिनाको, धारा के काम हजुर?

बिहान देखि साँझ सम्म,घाँस कुडो ग-यो,
कैल्यै नव्याउने, थारा के काम हजुर?

बाहिर अर्कै भित्र अर्कै, हुँदा रहेछन्,
मात्रै देखाउने, दाह्रा के काम हजुर?

ब्यवस्था बद्लियो,तर प्रसासन उस्तै छ,
न बद्लियसी, पारा के काम हजुर?

आखिर घाट सँधै, मुस्कुराई नै रहेछ,
मर्दा बच्चा बिना, चारा के काम हजुर?

काँधमा टेकाई, सत्तामा पुर्‍यायो तिनै,
बन्छन गरीब, मारा के काम हजुर ?

चिरञ्जीवी ढकाल
ने ग उ म न पा-२०
राँझा एयरपोर्ट बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.