चन्द्रवती अधिकारीका केह मुक्तकहरूः

Chandrawati, Adhikari, चन्द्रवती अधिकारी, pallawa, पल्लव

चन्द्रवती अधिकारी

मुक्तक १”
भाग्यलेनै हामीलाई टाढाटाढा फाले पछि,
छुट्यौँ आखिर मन्मा तिम्ले कालो मैलो पाले पछि।
दुनियामा बनाएर नबन्नेनै के थियो र?
हुने थियो पूनर्मिलन् फाटेको ठाउँ टाले पछि।

मुक्तक २”
अधुरा ती रहरहररू लाखौँ लाख पालेकै छु,
भित्री मन रोए पनि थोरै हाँस्न थालेकै छु।
छिया छिया भको मुटु देखे झनै फाट्छ भनी,
धैर्यताको मलम पट्टि लगाएर टालेकै छु ।

 

मुक्तक ३
पैसैबिना तिम्रो छेउमा बस्न सकिन,
तिम्ले जस्तै बाहिर चिल्लो घस्न सकिन।
छेपारो झैँ रङ्ग फेर्ने स्वार्थी दुनियाँमा ,
माथि भैन तल पनि खस्न सकिन।

मुक्तक ४”
जन्म भूमि नेपालको नामै भुल्यो कि,
विदेशीको गमलामा वुकी फुल्यो कि?
आटो पिठो मिठो लाग्थ्यो आफ्नै पखेराको,
पर्देशीको बगरमा मार्सी झुल्यो कि ?

मुक्तक ५”
गयो दशैँ आयो तिहार भित्रभित्रै डसिराछ,
वर्षौँ अघि गको भाइ विदेशमै बसिराछ।
भोकै छ रे नाङ्गै छ रे,रुँदै फोन गर्दैछ ऊ,
सम्झिएर नयनबाट बर्षे भेल खसिराछ ।

मुक्तक ६
काग कुकुरको पूजा काहीँ गासमाथि गाँस छ,
मान्छेकै छोराछोरीको सडकको बास छ।
छिया छिया हुन्छ यो मन पोल्छ भतभती,
खै कसले बदल्यो र दुखदायी ईतिहास छ ।

मुक्तक ७
सानू सानू कुलेसीलाईखोली नभन,
उस्तै देखि दौरालाई चोली नभन।
सही गलत छुट्याउन बिबेक हुनुपर्छ,
अन्यायमा बोल्छु म बोली नभन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.