छिरिङ शेर्पा अविरल का जोर कविताः

Chhiring, Sherpa, Abiral, छिरिङ शेर्पा अविरल, pallawa, पल्लव

छिरिङ शेर्पा अविरल

१) ‘सयपत्री म जस्तै लाग्छ’ !
एउटा सुन्दर बगैंचा
उस्को अगाडि
मलार्इ आफु फिक्क लाग्छ सधैँ
धेरै फूलहरू छन
धेरै रंगहरू छ्न
त्यस मध्येमा पनि
मलाई सयपत्री बिशेष लाग्छ
सायद
सयपत्री सङ्ग दाजु बहिनी
अनि दिदी भाइको
सद्भाव अनि स्नेह
गासिएकोले होला
जिबनका अनुभुतिहरू मिसिएर होला–

 


बिश्वास र भरोसाका
तस्बिरहरू मनसपटलमा झल्किएर होला
आस्थाका पर्खालहरू चुलिएर होला
त्यसैले सयपत्री बिशेष लाग्छ
ओइलिन्छ भन्ने थाहा हुदाहुदै फूल्छ उ
कसैले टिप्छ र कुल्चिन्छ भन्दा भन्दै
फूलिरहन्छ उ !
त्यसैले सयपत्री म जस्तै लाग्छ !
सयपत्री कुन जातको फूल हो
सयपत्री कुन भिबेदको फूल हो
म सोचिरहन्छु
किनकी यहाँ मान्छेहरू
हरेक रंग
हरेक जात
हरेक बिभेदको
कुरा गरेको सुनेको छु मैले
कुन फूल
कुन जातले लगाउने हो ?
कुन रंग कुन धर्मको हो ?
यहाँ बगैचामा फूलहरूको
मनमुटाव अहिले सम्म देखेको छैन
यहाँ फेसबुकका भित्ताहरूमा
मान्छेहरू अचेल
छत्ताछुल्ला पोखिएको देख्छु
विभेदको खेल भित्र
म पनि अलमल्ल परेको छु ।

तिहार मलार्इ
आफैँमा बिशेष लाग्छ
त्यसैले नै
सयपत्री बिशेष लाग्छ ।
अनि आप्नो देश
आप्नो स्वाभिमान विशेष लाग्छ
आप्नो माटो बिशेष लाग्छ ।

हिमाल पहाड तराई
हरेक बगैचामा फूल्ने फूलहरू
बिशेष लाग्छ !

हरेक हिमाली पर्व
हरेक पहाडी पर्व
हरेक मधेशी पर्व
सबै बिशेष लाग्छ
हामी एकै फूलबारीमा हुर्केका
फूल जस्तै लाग्छ
हजारौ फूलहरूमा
सबै बिशेष लाग्छन
सबै फूल भित्र सबै
सयपत्री हजारौ फूल भित्र
एउटा फूल लाग्छ !
हजारौं मान्छे भित्र म
एउटा मान्छे लाग्छ
त्यसैले
सयपत्री म जस्तै लाग्छ !

२) जे देखियो
हतार हतार
कुदिरहेका
मान्छेको भिड भित्र
म पनि हतारिएको छु
लाग्छ मलाइ
कोही पर्खिरहेको छ
सिमित सीमा र परिधिभित्र
हुर्किरहेको समय सङ्गै
उ पनि हुर्किरहेको छ
म टुसाइ रहेको पालुवा सङ्गै
पलार्इ रहेको छु
लाग्दैछ आज हुर्किरहेको म
भोलि देख्नुछ जिन्दगीको
हिजो जे देखियो
त्यसैमा गर्बको अनुभुति लिएर
बाँचीरहेको छु म
अनि उ बाचीरहेको छ
शब्द भित्र निशब्द भनेका
कठिन पलहरू छन
उ सङ्ग पनि
बोल्न खोज्दा खोज्दै पनि
आवाज हराएको
अनुभुति छ उ सङ्ग
हरेक इशारामा लेखिएका
उस्को शब्दहरू
बनेका छ्न सिङ्गो जिन्दगी
म जे देखिरहेको छु
बनिरहेको छ कविता
लेखिए पनि
नलेखिए पनि
हजारौं कथा भित्र
जन्मिएको एउटा कथा
हजारौं कथा भित्र
बाँचीरहेको एउटा जिन्दगी
जे देखियो
एउटा आश पलायो
ओइलिएको झै देखिए पनि
फुलिरहेको छ उ
रोएको झै देखिए पनि
मुस्कुराएको छ उ
आज
मलाई पनि
मुस्कुराउन मन लाग्यो
सायद समय पल अनि
मेरो समीप फुलिरहेको फूलले
यही सिकायो
आज फेरि……!
छिरिङ अविरल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.