सिर्जना शर्मा का केही टुक्राहरू

Sirjana, Sharma , सिर्जना शर्मा, pallawa, पल्लव

सिर्जना शर्मा

अचेल हजारौं सपना बुन्दै घरमा पाइला टेक्छु
सन्तान भेट्ने आशमा बा को आखामा खुसी भेट्छु
मलाई मेरा दाजुहरूको सम्झना बेहद हुन्छ साथी
जब म घरको आगनको डिलमा सयपत्री देख्छु !!

लागेको थिएन यस्तो जात्रा गर्न सक्छौ
पठाइदिन्छु को संग वार्ता गर्न सक्छौ ?
कति सजिलै मलाई बिर्सी दिनु भन्यौ
के मेरो सिङ्गो मुटु फिर्ता गर्न सक्छौ ?

 

आफू बलियो अरू कमजोर ठानेको छ सरकारले
जनता झुक्याउन अनेक छल जानेको छ सरकारले
यो देशमा निर्मलाहरू चिच्याउदैछन् न्यायका निम्ति
चुपचाप बसेर आँखामा पट्टी बाधेको छ सरकारले !

पाइला टेक्नुपर्ने रहेछ साथी भिरमा पनि
बाधेर हिडेकी छु कफन आज शिरमा पनि
जिन्दगी जिउँदै गर्दा मैले मुस्कुराउन सिकें
जसरी आमा मुस्कुराउनु हुन्थ्यो पीरमा पनि !!

“हुँदा पीर लाखौं गलेकी छु सारै
नउठ्ने गरेरै ढलेकी छु सारै
मलाई निराशी तुल्याएर ज्यूँदै
चढायौं चितामा जलेकी छु सारै !”

सिर्जना शर्मा,
मुसिकोट नगरपालिका २ रुकुम पश्चिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.