गजल

Chakra, Milan, Nepali, चक्र मिलन नेपाली, pallawa, पल्लव

चक्र मिलन नेपाली

सबै बसाई सरिगए शहर तिर ।
कसले दिन्छ र ध्यान गाउघरतिर ।।

तिम्रा यादहरू पहिल्यै अघि लाग्छन् ।
यसो कहीँ निस्कनै हुन्न सफरतिर ।।

अलि अप्ठ्यारो प्रश्न आउनै हुन्न यार ।
विद्यार्थीको नजर जान्छ गेस पेपरतिर ।।

 

दक्षिणमा छोडेर पक्षिममा खोजिएछ ।
जसलाई खोज्नु पर्थ्यो उत्तरतिर ।।

कतै मनक बेदना सुनाउ भने पनि ।
कोही भेटिँदैन यार खोली बगर तिर ।।

चक्र मिलन
डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.