नेपालीको चाड तिहार

Nanda, Lal, Baral, नन्दलाल बराल , pallawa, पल्लव

नन्दलाल बराल

चारबर्ष भो भाइ मैले , लाईन टीका पनि
धेरै साल बिते हेर्दै , भाइ आउला भनी ।
बाबुआमा तिम्रो बाटो , हेरि रुन्छन घर
देख्नै तिम्ले पाउन्नौ कि , के छ कालको भर ।।

चारबर्षमा एक बर्ष त , छुट्टी मिल्नु पर्ने
हाँसी खुशी रमाएर , खाना निल्नु पर्ने ।
आशा अनि भरोसा लि , तिम्लाई हुर्कायको
मेरो छोरो जन्म्यो भन्दै , गाउँले घुर्क्यायको ।।

 

वल्ला-पल्ला सबै घर , तिहार आयको छ
दुबैबाट फर्की रामे , दमक लायको छ ।
पल्लाघरको हर्के पनि , आजै हिड्छ गरे
स्यानाबाको कान्छो छोरो , आईपुग्छ भरे ।।

बिष्णुलाई ठूलाबाले फोन पो , गरेकाछान
त्यस्तै फेरि ठूलो काका , शोकमा परेकाछन ।
यो तिहार नि नेपालीलाई , किन आउँछ कुन्नी
आँसु झारी आँखाबाट , अश्रु माला बुन्ने ।।

मखमली फूलको बोट , हेरि बसेको छ
भित्रभित्रै रोयपनी , बाहिर कसेको छ ।
बाचा गर आजै फूलको , बोट के गर्ने हो ?
भन तिमी सालै बिच्छे , पिरले म मर्ने हो ?

ए नेता हो, तिमी किन , पद्मा बसेका छौ
नेपालको धन लुटि , गुन्टा कसेका छौ ।
नेपालीका आमाबाबु , रुन्छन घरमा बसि
तिमी भने रमाई काट्छौ , च्याङ्ग्रा, बोका, खसी ।।

बिदेशबाट फिर्ता गर्न , चाँजोपाँजो मिलाउ
नेपालीलाई स्वदेशमै , रोजगारी दिलाउ ।
तिम्रो मात्र यो देशमा , हैकम चल्ने हैन
ढिलाभयो जनता नै , नजागेर भैन ।।

जताततै अन्याय र , अत्याचार बढ्यो
भ्रष्टचार घुषखोरीले , अर्थतन्त्र लड्यो ।
सगरमाथा चढीसक्यो , महङ्गीले देशमा
धनी मात्र लड्न सक्छ , अन्यायको केशमा ।।

नन्द लाल बराल
पो म न पा २२ पुम्दी भुम्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.