गजल

Sumitra, Paudel, Sumee,सुमित्रा पाैडेल ‘सुमी’, pallawa, पल्लव

सुमित्रा पाैडेल ‘सुमी’

परदेशी आ’को छैन के को दशै के को तिहार ।
मनमा शान्ति भा’को छैन के को दशै के को तिहार ।।

भुइँचालाले लथालिङ्ग पछारेको मेरो घर ।
चुहिने छानो छा’को छैन के को दशै के को तिहार ।।

तिमि हुने खाने पर्यौ म त हुँदा मात्र खाने ।
एक सुकी कमा’को छैन के को दशै के तिहार ।।

 

लालाबाला रुन्छन यता नाना चाचा देऊ भनि ।
रीन सम्म पा’को छैन के के दशै के को तिहार ।।

महङ्गी छ जताततै चाडबाड्र मान्नु कसरी खै ।
मन खुशी बा’को छैन के को दशै के को तिहार ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.