‘सब हुन् एउटै सिनो लुछ्ने’ !!

Kalanidhi, Dahal, कलानिधि दाहाल, pallawa, पल्लव

कलानिधि दाहाल

चाहे माओ मुखले बोलून्
चाहे कार्ल्माक्स् लेनिनवाद !
चाहे हामी इतर हौँ भन्दै
कङ्ग्रेस फेरून् मुखको स्वाद !

चाहे हामी, हौँ भूत भन्दै
माहेन्द्रीका मारून् बात!
सब हुन् एउटै सिनो लुछ्ने
स्याल,सिँह, चितुवा,हाइना साथ!
कुर्सी न पाउञ्जेलका भिन्न
छेपाराका रङ्ग हजार !

 

पाए एउटै भ्रष्ट शिरानी
जुङ्गा लामा पावरदार !
कङ्ग्रेसले लामा,जुङ्गा फाँड्यो
बामपन्थीका बोके दारी
लुटपुट गर्दै बेरिएसाथ !
आज छ एउटै आशन यिनको
कार्य छ एउटै लामा हात !
पाए सङ्केत भिन्न नबन्ने
झाले,माले, मण्डल, माओ
कङ्ग्रेस देख्छौँ एक छ साथ!
सगबग सगबग जुम्रा शिरका
रक्त पिपाशु जन उपहार !
जनकै पाई भोट पुगेका
जनमै हान्छन् तीखा तरवार !

तैपनि तिनकै पुच्छर पक्री
बन्न पुगेका शहिदी चिहान् !
जनउत्थानी तिम्रा सपना
खै,छ र यिनमा? राष्ट्रोत्थान्!
ङ्यार्र ङ्यार्र बोली,कुक्कुरजस्ता
जनका सामु दन्त बझान् !
भ्रष्टताको माँशल चोक्टो
पाए सबको एउटै सान !
भाटे भयका भूतहरू नै
भट्टी सुतेका देखी बिहान !
यिनकै बाबु हालीमुहाली
यिनकै अग्ला सिँहाशन !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.