गजल

Giriraj, Joshi, गिरिराज जोशी, pallawa, पल्लव

गिरिराज जोशी

छ सत्पात्रताको तिरस्कार मात्रै
सही मान्यताको बहिष्कार मात्रै !

बढ्यो लोकमा घोर पीडा निराशा
भए धूर्तका स्वप्न साकार मात्रै !

यहाँ व्याप्त सर्वत्र भो अव्यवस्था
व्यवस्था भयो खालि आकार मात्रै !

 

मिठो शान्तिको धून नै बज्न छाड्यो
छ पीडा समस्या र चीत्कार मात्रै !

परार्इहरू स्वार्थका खेल खेल्छन्
तिनैको छ सेवा र सत्कार मात्रै !

समाचारमा सार सन्देश छैन
छ मिथ्या अहं भ्रान्ति सञ्चार मात्रै !

थुनूँ कान चिम्लूँ म आँखा कि क्या हो
भयो दैनिकीझैँ बलात्कार मात्रै !

रचना : गिरिराज जोशी
गायन : शिव त्रिपाठी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.