लक्ष्मण पौड्याल का केशी मुक्तकहरूः

Laxman, Paudyal, लक्ष्मण पौड्याल, pallawa, पल्लव

लक्ष्मण पौड्याल

जीवनको लक्ष्यमा नपुगि बिचैबाट नफर्क
समस्या धेरै आउँछन् तर कतैपनि नतर्क
यी दुई कुरालाई मनमा धारण गऱ्यौ भने
जित अवश्य तिम्रो हुनेछ कसैसँग नझर्क ।

तिम्रो साथमा हुँदा आफूलाई भुली दिन्छु
रहेका दिन सम्पूर्ण तिमीसँग डुली दिन्छु
कतै दिई हाल्छ्यौ कि धोका भन् डरले
खुला हृदयले तिम्रो काखमा झुली दिन्छु ।

 

तिमी मानवताको नीयम तोड्दैँछौ
प्रगतिका पाइला आफैँ छोड्दैँछौ
स्वार्थ अनि लोभको लागि आज
आत्मीयको बन्दन तलक फोर्दैँछौ ।

म त सबैको नजरबाट झरिसकेको मान्छे
दुनियाँबाट पनि अन्तै सरिसकेको मान्छे
बादल सरी अन्धकारमा हिंड्दैँ हिड्दा आज
ठक्कर पार्इ समाजबाट मरिसकेको मान्छे ।

जीवन भएटा परिक्षा हो बारेर नजाउ
एक्लो बनार्इ मलाई मारेर नजाउ
प्रगतिमा पाइलाहरू चलाएर मात्र हेर
मिल्छ आनन्द एक दिन हारेर नजाउ ।

कलिलो मुटो एउटै शब्दमा दुखाएर गयौ हैन
दुनियाले थुक्छ भनि भित्रै सुकाएर गयौ हैन
झुट कैले लुक्दैँन सत्यमा हिँड भन्दैँ थिएँ मैले
आखिर मानिनौं तिम्ले सबै लुकाएर गयौ हैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.