शान्ति अधिकारी पोख्रेल का केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel, शान्ति अधिकारी पोख्रेल, pallawa, पल्लव

शान्ति अधिकारी पोख्रेल

साथ दिन्छु भन्छन् जङ्घार काट्न नसक्नेले
जिन्दगीमा आउने दु:ख साट्न नसक्नेले
रुपको बयान कति कति तनको प्यास मेट्न
लाउछ्न् धक्कु कुनै कुरा आट्न नसक्नेले ।।

सधै भरी कसले कसलाई के दिन सक्छ र ?
मनमा माया भा’को मान्छे तर्किन सक्छ र ?
सोचे जस्तो नहुँदैमा संन्सार डुब्यो भन्नेहररू
स्वम उसले अरुको गुन सम्झिन सक्छ र ?

 

मनै रित्तो भए पछि लुकाउने केही हुन्न
छरपस्ट हुँदा रहर फुकाउने केही हुन्न
दोबाटोमा ढले पछि को छ भन्नू आफ्नो
पाउमा शिर पुगे कठै झुकाउने केही हुन्न ।।

जीवन जगतका कुरा नगर
भो भैगो फगतका कुरा नगर ।
कहाँ को कस्लाई काम लाग्छ कुन्नी
त्यो नाता रगतका कुरा नगर ।

फलेको त्यो वृक्ष आफै झुक्छ भन्ने थाह थियो
नटोक्ने कुकुर धेरै~~~ भुक्छ भन्ने थाह थियो
अरुलाई फसाएर ~~~~जता पनि राम्रै बन्छु
भन्ने मान्छे पक्का कतै चुक्छ भन्ने थाह थियो ।।

आँखा भरी हिम शिखर पहरा राम्रो लाग्छ
झरनाको छङ्छङ अनि छहरा राम्रो लाग्छ
नेपाली हुँ नेपालको लाग्छ मलाई धेरै माया
हरियाली बनपाखाको लहरा राम्रो लाग्छ ।।

भौगोलिक दुरि घट्दा मनको दुरि बढ्न हुन्न
शितल पवन जस्तो माया हावा हुरी बन्न हुन्न
नाता अनि सम्बन्ध यो बाँचुन्जेल सम्म न हो
हाँसेरै बाँचौ मार्न मर्न यी पाखुरी चल्न हुन्न ।।

अखण्ड दीप जस्तै बल्दै सयपत्री सरि फुल्नु
प्रगतीको शिखरमा बिहानीको घाम झै खुल्नु ।
हृदयमा देश बोकि ईमान अनि स्वाभिमानमा
हिमालमा गुराँस अनि तराईमा धान झै झुल्नु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.