शम्भु गजुरेल का जोर कविता

Shambhu, Gajure, Nuwakot, शम्भु गजुरेल, pallawa, पल्लव, Nuwakot,

शम्भु गजुरेल

१) माहाकवी मा बन्दना
सयपत्री र मखमली ,धर्ती सजिएको
मैलो हटी स्वच्छ ,आकाश खारिएको
बागमती किनार पाक पशुपति नाथ
बाली झुली लह लह लोभ्याउने कांठ

ऋतु शरद प्यारोदिन मैना कार्तिक को
तिहार को रङ्गिचङी देउसी अनि भैलो
तिलमाधव पण्डित को देवकोटा थर
अ्मर राज्यक्ष्मीको कोख बनाइ घर!

 

गौमाताको पुजा थियो जताततै हर्ष
बिक्रम सम्वत १९ सय ६६ को बर्ष
समेटेर मस्तिष्कमा शारदाको ज्ञान
काठमाडौ मा आउनुभो नेपाली सान

कथा वा कविता निबन्ध र नाटक
हरेक बिधामा तिम्रो बनेको छ फाटक
मुनामदन छ सबको मनभित्र बसेको
शकुन्तल छ झन दिल भित्र पसेको!

लक्ष्मीका प्रसाद भै अवतार लिएका
नेपाली काव्यमा सर्वस्व नै दिएका
कविता र चुरोट लाई साथी बनाए
नेपाली भाषा कन धेर गुण लगाए!

दसदिनमा सुलोचना लेखे सरसर
एकैदिनमा कुन्जिनी जन्म्यो फरफर
पागल को मोहले पाठक भए पागल
कविता मा बात गर्ने निर्मल गङ्गाजल

जन्जिरमा फसेको जमाना निरंकुश
नास्तिक प्रहारले जनता भए संतोष
जे निस्क्यो मुखबाट कविता जन्मियो
जे लेखियो उनिबाट काव्य नै जन्मियो

दिए अपार खजाना नेपाली बोलीकन
माहाकवीमा अर्पित सारा नेपाली मन
औंसिको अन्धकार चिर्दै जन्म लियौ
युगौ युग ज्योती छर्ने सिर्जना सिर्जिदियौ

अन्तस्करणमा कोमल भाव जगाउदै
साहित्य को चरणमा चित लगाउदै
मीठो काव्य सुरिलो रसिलो गाइदेउ
यो अलकापुरिमा जन्मेर फेरि आइदेउ

जन जन मन मन बस्छौ माहा कवी
हरेक मुटुमा सजिव छ तिम्रो छवि
यो प्यारो भुमिमा छ सुगन्धित नन्दन
निर्मल हृदयले गर्दछु तिम्रो बन्दना !!

२) आजको मुना मदन
अशक्त मदन चिच्याउँदै थिए
साथीहरू सँग अनुनय गर्दै
जीवन जिउने तिव्र लोभमा
घिसारिदै थिए पछि पछि
न सुने संगिले आर्तनाद
न त जाग्यो मानवता कसैमा
मृत बाख्राबाट उपिया फड्के झैँ
लर्को लागेर गए मित्रहररू
हिमाली मरुभूमि मा
मृगतृष्णा जस्तै भयो आशा
धनका र बलका पुजारीहरू
पारी क्षितिज मा बिलाए
अशाहाय मदन लत्री रहे
जीवन मृत्युको दोशाधमा
अकल्पनीय अवसान अङ्गाल्ने
अन्तिम यात्रामा !!

मदनको बिछोडको शोलाले
अन्धकार भविस्य को त्रासले
बिदुवाको कठोर कल्पनाले
त्रसित बिचरी मुना
निष्पट्ट निशी चिर्न कठोर ठान्दै
घोर कप्टी दुनियाँ लार्इ त्याग्दै
बिछोड को प्रहार छेल्दै
स्वच्छ निर्मल शून्य गगनमा
परमात्मा निवास खोज्दै
निस्किइन अनन्त यात्रामा
कहिले नफर्किने गरेर !

तर अहिले सहज छ
नुन ल्याउने कुबेर हरू छन
सुन ल्याउने गोरे हरू छन
मदन ले ल्हासा जानू पर्दैन
तैपनी बाटामा अलपत्र छोड्ने
छेउमा हुदा घचेट्ने
भित्तामा पारेर अचेट्ने
हरूको जुलुस छ अहिले
सत्तामा बस्नेहरू को योजनामा
विपक्ष का नेताहरूको स्वीकृति
नियुक्त भएका छन भरिया हरू
मदन हरूलार्इ कंङ्गाल पार्दै
खाडी पुर्‍याउछन
रक्त पिएर लास बनाउछन
निर्जिव देह बाकसमा किला ठोकेर
गौचणमा झारिदिन्छन!

मुना हरू बियोगमा मर्दैनन
डोर्‍याइन्छन मुनाहरू
मंगलसुत्र र झुम्काको लालिपपमा
आराम को रमणिय प्रलोभन मा
लगिन्छन भिन्डिबजार अनि
कुबेत र सिरिया नाइजेरिया
लुछ्याइन्छन नरझुण्ड बाट
जिवित लास पारिन्छ
कि त अर्ध मृत वा मृत झारिन्छ!
कलिला मुना हरू निमोठिन्छन
चलाइन्छ पहुचको जलजला
बनाइन्छ बिचरी निर्मला !!

शम्भु गजुरेल अज्ञानी
बेलकोटगढी न. पा. वडा नं ९, नुवाकोट, नेपाल
मोबाइल नं:९८४१६५०६२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.