निरर्थक झगडा

Sheru, Thapa, शेरु थापा, pallawa, पल्लव

शेरु थापा

इन्दूले जूनलाई कहिले पराया ठानेन ,
पानीले जलसँग कहिले झगडा गरेन,
क्रोधले रिसलाई सधैं आत्मिय मानिरयो ,
हामी त संवेदनशील प्राणी ।

किनारामा अल्मलिएको ढुङ्गो

समुन्द्रबिच झगडा थियो / छ / हुनेछ ,
परिणाम
ढुङ्गो गोलाकारमा रुपान्तरित भयो ।

 

वसन्तको हावा

मौलाउँदै गरेको पालुवाबिच
अदृष्य झगडा थियो / छ / हुनेछ,
परिणाम
पालुवा फक्रिदै गयो / फूल्दै गायो / मौलाउँदै ।

भग्नावशेष विचारका उपजले
वार्तमानिक टुसाउँदै गरेका गन्तब्यको गति
धर्मर र लर्खर बनाइ दिएपछि
हो निराकार झगडाको ब्युत्पत्ति भएको ।

जग बलियो नभएका मनहरूमाथि
बिगतमा चोट खाएर प्रतिशोध लिन ताम्सिएका
बुद्धिहरूले राज गरेपछि
हो निराकार झगडाको जन्म भएको ।

आपस-आपसमा लडाएर
आफ्नो झण्डा गाड्ने ब्रिटिस सामराज्यको पक्षधर भयौं,
दाजु-भाई फुटाएर
आफ्नो बदला पूरा गर्ने शकुनीको पक्षधर भयौं ,

निराकार झगडामा लागेर
साकार मैत्रित्व र वन्धूत्वको
बलि चढाउन पट्टि लागेको छौं ।।

बोनसमा याैटा गजल
एउटा न एउटा हल निकल्नु पर्छ
हलबाट सुन्दर गजल निकल्नु पर्छ

बुवाहरूको चोखो रहेछ भने बिर्य
सन्तान पक्कै असल निकल्नु पर्छ

बैंशले काउकुती लाएका नयनबाट
मनै लोभ्याउने चञ्चल निकल्नु पर्छ

आफूले रोपिन्छ जस्तो तनमनले
त्यस्तै अनुरूपको फल निकल्नु पर्छ

त्यति सजिलो काँ छ सन्तान पाउन
भित्रैदेखिको मुढे-बल निकल्नु पर्छ ।।

शेरु थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.