गजल

Mahendra, Chapagain, Aafanta, Gaule,महेन्द्र चापागाईं ‘आफन्त गाउँले’, pallawa, पल्लव

महेन्द्र चापागाईं ‘आफन्त

बनायौ सराबी , यो हानी त हो नि
गरे मोज मैले , जवानी त हो नि

मीठो बोल मीठो, नमानेर झर्को
मरे जिन्दगानी खरानी त हो नि

बित्यो रात बेकार, मान्यौं कि पछुतो
अरे फर्कि आउँने, बिहानी त हो नि

 

सँगै जान्छु भन्दै, छ साथी बिदेश
बरू चाहिने राहदानी त हो नि

सुनाएँ व्यथा क्यै, नयन टिलपिलाएँ
भनौंली तिमीले, यो पानी त हो नि

बहरे मुतकारिब
महेन्द्र चापागाईं “आफन्त गाउँले”
चितवन, माडी
ब्राइटोन कलेज दुबई .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.