Karan, Bivash, करन बिवश, pallawa, पल्लव

करन बिवश

१. मुक्तक
भन्नुस भगवान यो देशमा,कहिलेसम्म अमन चयन आउँछ
भोकाले पेट भरी खान अनि,कहिलेसम्म नयाँ नाना लाउँछ
जसले गर्छ यो देशमा अन्याय, अत्याचार अनि भष्ट्राचार
सरकार पक्षबाट त्यही व्यक्ति,हिजो आज सम्मान पाउँछ!!

२.मुक्तक
भाग्य मेटियो मेरो, ऊ पर सर्न थालेपछि
जिवन बेचियो आज, गुलामी गर्न थालेपछि
साच्चै मैले त तब मात्रै, यो जिन्दगी बुझेको हुँ
यी नयनबाट सधैं आँसु, थोपा झर्न थालेपछि !!

 

३. मुक्तक
आफ्नै मान्छे हराउन, सक्छ यो शहरमा
सङ्गैको यात्रा टुटाउन, सक्छ यो शहरमा
खै कस्को बिश्वास मान्नु, मुटुमै बस्छु भन्ने
अमृत भनी बीस पिलाउन, सक्छ यो शहरमा!!

४. मुक्तक
किन तिम्रा व्यवहारहरू, फेरिदै छन अचेल
यी ईच्छा र चाहनाहरू, रेटिदै छन अचेल
चोटहरू सहिरहेछु, आज तिमीले दिएका
तिम्रै कारण भाग्यरेखाहरू, मेटिदै छन अचेल

५. मुक्तक
खुलेर तिमीसामु धित मारी,बोल्न नि सकिन
दुइ चार शब्द तिम्रा लागि,तोल्न नि सकिन
मनभित्रै थुपारी रहे, कयौ कल्पनामा रहरहरू
धित मारी खै किन तिमी सामु, खोल्न नि सकिन….!!

६. मुक्तक
हजारौ बहानामा मनमुटु, लुट्छन मान्छेहरू
आफ्नैलाई फसाउन जाल, बुन्छन मान्छेहरू
ए मानब अब हरेक पलपल, बन्नुपर्छ होसियार
हरेक क्षण बिरोधका निम्ती, जुट्छन मान्छेहरू….!!

७. मुक्तक
म त दुनिया सामु, एक्लै बाचेको मान्छे
पीर व्यथा सारा, मुटुमा साचेको मान्छे
मुटुमाथि छचल्किरहदा, अग्नि रापहरू
दुःख जति सारा, भुल्दै हासेको मान्छे…..!!

८. मुक्तक

हरेक सपनीमा आशु-आशु, मिली बनेको घरको छत देखिरहे छु
यो समय कस्तो आयो, हरेकको बिचारमा फरक मत देखिरहे छु
चुलो बाल्न सकिएन आनन्दसॅग, यो डिग्री पासको सर्टिफिकेटले
जिवन धान्नकै लागि अब त, राहदानी कै जरूरत देखिरहे छु.!

९. मुक्तक
गरिबको निम्ती दशै तिहार, भन्नु त दशा झै हुदो र’छ
मनमुटुमा पिरै पीर दशै तिहार, आउॅदा मन सारै रूदो र’छ
के गरून बिचरा जति पुकार,गर्दा नि भगवानले नसुन्दीए पछि
कोही हुन्नन आफ्ना भन्ने सधै, मुटु माझ पीडा मात्रै छुदो र’छ

१०. मुक्तक
मन मुटु माझ सधै पिर छ, आउदै छ दशै तिहार
आफ्नो त फुटेको तक्दिर छ,आउदै छ दशै तिहार
ठूला ठालुलाई त हरेक दिन दशै छ, हाम्रो यो देशमा
तर नेपालीका अघि काडे भिर छ, आउदै छ दशै तिहार.

११. मुक्तक
घर व्यवहार खै कसरी धान्नु, महङ्गिले आकाश छुदाँ
यो दशैं पनि खै कसरी मान्नु, महङ्गिले आकाश छुदाँ
जाउ बाबा भन्छन छोराछोरी नाना ल्याउन बजारतिर
चिची पापा खै कसरी छान्नु, महङ्गिले आकाश छुदाँ

करन बिवश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.