हे पृथ्वी !!

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

हे पृथ्वी
तिमी शान्त र मौन पनि छौ।
तिमी आनन्द र उमङ्गमै रहेकी छौ ।
तर तिमीमा म भन्ने शब्द निस्कन सकेन
तिमी उदारताकी खानी
तिम्रो आधारमा उभिने हरू
यहाँ राजा बनेकाछन्
कैयौं उपद्रो मच्याए पनि तिमी हेरि राछौ ।
आतङ्गका मैला सन्तान हरू जन्मेकाछन्
तर पनि तिमी शान्तिकी खानी बनेकी छौ ।

 


यहाँ सधैंका
घमण्ड र अहंकारको ज्वाला बड्दा पनि
अभिमान र भ्रष्टाचारका व्वाँसा बडेपनि
काम क्रोध लोभ मोहका फुंकार बडे पनि
तिम्रो साहस शान्तिको पथ मात्र भेटीयो ।
हे पृथ्वी
अबता प्रचण्ड शक्तिको वेग बडाउन साहस देउ।
पर्शुराम बनुँ या राम
म्लेच्छ मनगामीको अन्त्य पार्नैको लागी
बरू बुद्धको शान्त मार्ग देउ
कृष्ण जस्तै कलिकांश दुर्योधनको अन्त्य गरूँ
या बामन बनी बलीलाई पातल पुराउँ।
हे पृथ्वी
अबता —-
अबता ब्रह्माण्डकै भार उतार्ने बेला भो ।।
मानब कल्याणको दास बनाउने बेलाभो ।।

मोहन राज खनाल
(म्यामा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.