“उदाउन् देऊ जुन तिमी”

Chiranjivi, Dhakal, चिरञ्जीवि ढकाल, pallawa, पल्लव

चिरञ्जीवि ढकाल

उदाउन् देऊ जुन तिमी !
चम्कि हाल्छन ताराहरू !!
सुस्त सुस्त हट्दै जान्छन !
जीवनका अप्ठ्याराहरू !!

नेदेखाउनु आँसु कहिल्यै !
मुस्काउनु तिमी जहिल्यै !!
आँट गरे चट्टान फुट्छ !
बग्न थाल्छन धाराहरू !!

 

उदाउन् देऊ जुन तिमी !
चम्कि हाल्छन ताराहरू !!
सुस्त सुस्त हट्दै जान्छन !
जीवनका अप्ठ्याराहरू !!

जति सह्यो बचनहरू !
मीठो मानी खटनहरू !!
तेत्ती बुद्धि पलाउँछ रे!
त्यसै भन्छन प्याराहरू !!

उदाउन् देऊ जुन तिमी !
चम्कि हाल्छन ताराहरू !!
सुस्त सुस्त हट्दै जान्छन !
जीवनका अप्ठ्याराहरू !!

पाप गर्ने गर्दै राखुन!
झर्छन तल झरी राखुन !!
तिमी ताक सगरमाथा !
सार्दै गर पाईलाहरू !!

उदाउन् देऊ जुन तिमी!
चम्कि हाल्छन ताराहरू!!
सुस्त सुस्त हट्दै जान्छन!
जीवनका अप्ठ्याराहरू !!

ने ग उ म न पा- २०
राँझा एयरपोर्ट बाँके
चिरञ्जीवी ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.