आमा अनि दशै

Ambika, Adhikari, अम्विका अधिकारी, pallawa, पल्लव

अम्विका अधिकारी

उज्यालो भैसक्यो वावु व्युझिनु पर्छ लौ अव
दशै आइ-सक्यो वावु तैयारी गर्दछन सब
छोरा हौ तिमी लौ आउ दशैको शूभकामना
शीर माथि गरि हात दिनेछु तिमीमा घना

आमा म कसरी आउँ कामको बोझले कडा
दशैको दिनमा छुट्टी मिलेन दिन भर खडा
भएरै काममा खट्दै, सम्झदै घर वर-वर
रुदैछु अहिले आमा आँटेको कहाँ पुग्छ र

 

कैयौ छोराहरू आमा लाखौ कोश पुगी पर
दशैको खुशियाली रुदैछन सम्झदै घर
साहुको ऋणको भार, आमाका सपनाहरू
पत्नीको ममता प्यार , सन्तान सुख नै अरु

थिच्दैछन् बोझ यी बन्दै पर-देश, प्रचण्ड यो
रापिलो घाममा खट्छौ बल्ला कि घरको चुल्हो
घट्ला कि ऋण केही आमा पत्नीका हरमा पनि
फेरिएलान् कसै बस्त्र, दिउला अौषधी भनी

दशैको चाड होस या त दीयाली झलमल्ल होस
हामी छौ पसिना पोख्दै सबैमा सुख शान्ति होस
शुभादि-शुभ यी तिम्रा आशिर्वाद बरो-बर
टीका र जमरा राखी आमा देउ पुरा-पुर

यो दशै आँशुमा गै गो आउला अर्को सालमा
पिर चिन्ता नहोस आमा हजुर्कै देख भालमा
वुहारी नातिना नाती छोडेछु ख्याल राखनु
आशिर्वाद दिई आमा ,अभिभा_वक बन्दिनु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.