गजल

Laxmi, Khanal, Sanja, लक्ष्मी खनाल, pallawa, पल्लव

लक्ष्मी खनाल

आफ्नो लास आफैले कुरेँ आफैँ सपनीमा
भएनन् मलामी कोही पुरेँ आफैँ सपनीमा ।

आफ्नो मृत्यु विलौना नि आफैँले गरिरहे
लगाई पितृ भोज तुरे आफैँ सपनीमा ।

यो के अनर्थ भयो सुख्खा पहिरो जताततै
टुक्रा टुक्रा परि खस्यो चूरे आफैँ सपनीमा ।

 

आफूलाई मसान सम्झी डराए आफैँ देखी
के नै गर्न सक्थ्यो र लुरे आफैँ सपनीमा ।।

आफ्नो लास आफैले कुरेँ आफैँ सपनीमा
भएनन् मलामी कोही पुरेँ आफैँ सपनीमा ।।

Laxmi Khanal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.