गीता सेढार्इं कँडेल का दुइ टुक्रा

Gita, Sedhai, Kandel, गीता सेढार्इं कँडेल, pallawa, पल्लव

गीता सेढार्इं कँडेल

१) मेरो देश र मँ……
व्यंग्य कविता
गाउँ अनि शहर बाट मान्छे हराको छ
मलाई पमि अ्मेरिका जाने रहर लाछ
परदेशा त झ्याम्म पर्या धन को बुटो छ रे
जताततै समुन्द्र छेउमै खिच्या फोटो छ रे

बुढेउलि मा सारै मज्जा ,परिवार नै भिन्न
कमारो भै जिउनु , यो नेपाली को चिन्न
एउटा स्वाभिमान गित ,लेखु लेखु लाछ
मलाई पनि परदेश तिरै ,जाँउ जाँउ भाछ

 

खै के काम गरि खानु ,यहाँ कामै छैन साथी
आची नै सोरे पनि त्यहाँ त ,पुगिन्छ रे माथि
तेसै ले त मलाइ उतैतिर पो, जाने रहर लाछ
गाउँ शहर बाट अनगिन्ती ,मान्छे हराको छ

धन भयसी नाता गोता सबै किन्न पाइदो रेछ
देशको माँया गर्नी कति छन्,चिन्न पाइदो रेछ
मधेशी भै आज स्वदेश गित ,लेखु लेखु लाछ
मलाई पनि झटैपरदेश तिरै ,जाँउ जाँउ भाछ

झ्याम्म पर्या धन को बुटो च्याप्प समाइ कन
मँ गनुँला छन् छन् डलर धन,तिमी पमि गन
कामै गर्नु पर्दैन रे ,डुलि डुलि सुति सुति खान
मलाई पनि हतार भा छ साथि ,अमेरिका जाँन

२) गीत
तिम्रै याद मा आज यौटा गित लेखेको छु
दु:ख पर्दा शिर राख्ने मीत देखेको छु
हेमन्त को घाम ले प्रीय जति न्यानो दिन्छ
त्यो मुटुको पिर बेथा यो मुटु ले चिन्छ

जल्ने हरु जलि रहुन काट्ने कुरा काटुन
सबै खराब आफै मात्र अशल भनी ढाटुन
आउ प्रीय अङालो मा दुनियाँ सारा भुलि
खोजी ल्याउनु सुगन्ध त्यो बाग मा डुलि

अ्मर प्रेम को कहानी कोरौला इ हात ले
कहाँ बुझ्छ स्वच्छ प्रीत यो मान्छे को जात ले
सम्झना मा एउटा सुन्दर चित्र कोरि कन
म बनुला सतै सुर संगीत को, तिमी गित बन ।।

Hongkong Bazar, Narayangarh.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.