अम्बिका अधिकारी का केही मुक्तकिय टुक्रहरूः !

Ambika, Adhikari, अम्विका अधिकारी, pallawa, पल्लव

अम्विका अधिकारी

बोलेको छु मिठो वोली पाप छैन जिन्दगीमा
माया प्रिती लाउन कर काप छैन जिन्दगीमा
भिख मागी हीड्दा तिमी मजाक उडाउंथ्यौ
अव आशा मारेको छु स्राप छैन जिन्दगीमा ।

स्वार्थिहरूले आफ्नै सम्बन्धमा चोट पुर्‍यउँदा रहेछन्
आफ्नैदुनो सोझ्याउँन आफन्तमा खोट पुर्‍यउँदा रहेछन्
सधैँ सम्मान गर्दा गर्दै अपमानको भारी बोकाएर
सदैव आफ्नै मा रुवाउँने अठोट पुर्‍यउँदा रहेछन् ।।

 

झुल्कियास् दैलो दैलोमा अध्यारो चिर ज्योति
धेरैको खुशी निभेको आउ दशै लाली पोती
खुशीको जमरा पलाओस् हर नेपालीको मनमा
बर्षाइ देउ माता सबैको आगनमा खुशीका मोती ।।

कहिल्यै नफर्किने गरी ड्याडीले हामीलाई छोडेर गए,
हरियो बाँसमाथि सुतेर सेतो कपडाको कात्रो ओढेर गए !
जब अन्तिम सासमा बोल्नका लागि कुनै शब्द नै नरहेपछि,
गहभरि अविस्मरणीय आँसु छताछुल्ल पोखेर गए !!

माग्नेको गुन्द्री जत्रो देशमा चाड पर्वको ताँती छ
महँगी र अभाव सगरमाथाभन्दा धेरै माथि छ
सधैंको मिष्ठान्न भोजन छ हुने खानेहरूलाई
हुँदा खानेहरूलाई दशैं तिहार नाअएकै जाति छ

सामन्ती राज्यमा न्यायको लागि मतदान हुँदैन
युद्धमा हार्ने हरूवाहरूको कुनै इतिहास हुँदैन
हाम्रा अमूल्य निधि हुन् संस्कार र संस्कृतिहरू
यी दुवै नहुने बुङ्गाहरूको कुनै पहिचान हुँदैन

मान्छे निराशावादी भए जोगी हुन सक्छ
कर्म योगी भए भुक्त भोगी हुन सक्छ
जो मान्छेले दशैं जस्तो चाड मान्दैन
त्यो अवश्य मस्तिष्क रोगी हुन सक्छ ।

अम्बिका अधिकारि !
:झापा !!, हाल :काठमाडौ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.