लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा

, Shreejana, Sarovar, सृजना सरोवर , pallawa, पल्लव

सृजना सरोवर

प्यारा सारा सृजन लयमा हुन्छ तिम्रै सुवास
हाम्रो इच्छा हृदयतलमा हुन्छ तिम्रै तलास ।
ल्हासा छोडी मदन अहिले रुन्छ खाडी कुनामा
के बिर्सन्थ्यौँ कविमुकुट हे छौ तिमी सम्झनामा ।।

चल्थ्यो हावा सरसर गरी काव्यका सिर्जनामा
खोला बग्थे कलकल गरी भित्रका भावनामा ।
फुल्थे राम्रा सुमन रसिला शब्दका कोपिलामा
लक्ष्मी ढल्क्यौ तर कति छिटै छौ तिमी सम्झनामा ।।

 

कस्तो हुन्थ्यो भन जगजगी राज्य राणा हरूको हुँदा ।
थाकेनन् ती कर कमल तिम्रा कहिल्यै सिर्जनामा।
रच्यौ मीठो सुमधुर सुधा रम्य त्यो झ्याउरेमा
लक्ष्मी छाडयौ तर कति छिटै छौ तिमी सम्झनामा।।

छाती खोली नव पथिकमा पोखियोस् स्नेह धारा ।
आऊ हाम्रा हृदय बिचमा रम्नलाई पियारा ।
गाऊ झट्टै सुललित निको फेरि त्यै लोक भाका ।
लाग्यौ लक्ष्मी भन कुन दिशामा तिमी छौ बसेका ।।

नेपाली हौँ विचलित न भै खोज्द छौँ काव्य कर्मी
जस्ले पोख्यो गुण प्रकृति का काव्य नै राट्र धर्मी
डाँडापाखा हिमशिखर का नाममा लेख बर्से !
तिम्रै बोली सरल कविता मर्मले राज तर्से ।।

सृजना सरोवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.