‘कृषक’

Savita, Bhattarai, सविता भट्टराई, pallawa, पल्लवसुनौला बाला छन् लरिबरि झुलेका वरिपरि
यिनैका आशामा सिरिखुरि भुलेका कृषि गरी
मनैमा छन् धेरै कृषक जनमा कल्पित कला
कलाले सिन्चेका भुवन भरमा शुद्ध रसिला ।।

तनैमा पीडा होस् तर पनि सदा छर्छ पसिना
छरी फल्छन् मीठा सरस गतिला अन्न मसिना
अहो इच्छाले नै कुसुमित हुने गर्छ धरणी
जहाँ इच्छा छैनन् हरपल रहे बन्जर बनी ।।

 

सधैँ इच्छा राम्रो असल मतिको गर्छ जसले
भिजाई यो माटो उपज खँदिलो भर्छ उसले
अहो माटो माया अतिसय भिजेको मुटुभरी
नबिग्रोस् छायाले न त धमिलियोस् बन्धन परी ।।

न तान्छन् खुट्टा नै न त छ मनमा दुष्ट चरित
फलाए धर्तीमा कृषक जनले पुष्ट हरित
कठै ती जालीका खटन अति नै दुख्दछ तर
अझै पाखण्डीका अहम कति हो जीवनभर ।।

सदा सेवामा नै पलपल बिताए श्रम गरी
र बाँचे धर्तीमा अलमल गरेनन् भ्रम परी
न राख्छन् दुश्चेष्टा शुभ शुभ रहन्छ्न् हरघडी
यिनै धर्मात्मा हुन् सुख दु:ख सहन्छ्न् कति कति ।।

छन्दः शिखरिणी
-Savita Bhattarai, सविता भट्टराई
व्यास नगरपालिका, तनहूँ
हालM म्हेपी, काठमाडौं ।
२०७५/७/१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.