शान्ति अधिकारी का केही मुक्तकहरूः

Shanti, Adhikari, Pokhrel,, शान्ति अधिकारी, pallawa, पल्लव

शान्ति अधिकारी

हेर्ने मन नहुँदा नि नजर जुध्यो म के गरौं
जवानीको हावा भन्थेँ आँधी उठ्यो म के गरौं
तड्पाएको आरोप लाग्ला भनी रोके आफूलाई
सपनीमा उठाउन सम्झना पुग्यो म के गरौं ।।

कुरा मात्र धेरै भयो काम गरौं अब
निरासाको खेती हैन आसा छरौं अब
यस्ले अनि उस्ले गर्ला भन्ने बानी त्यागी
उदाहरण बन्न आफै अघि सरौं अब ।।

 

पठाउनु उसलाई राम्रो बिचार बनाई
विवाद बिना मन पराउने संस्कार बनाई
जमानालाई दोष दिई मान्छे अपराधी भए
ती अपराधी खोरमा हाल्ने खुङ्खार बनाई ।।

यै शमीको छ्हारीमा थकाइ मेट्न बस्ने गर्थ्यौं
दुई दिन भेट नहुँदा नि काम पारेर बेशी झर्थ्यौं
सम्झना छ बाँकी अब हराई गए सारा ती पल
कहिल्यै भरी नहुने यो जिन्दगीको झोली भर्थ्यौं ।।

सधै घरको शान हुन्छे नारी बुझ्न सके बुझ
अझै भनु महान हुन्छे नारी बुझ्न सके बुझ
जन्म अनि कर्मदाता बन्छे पीडा लुकाएर
हेर नयाँ बिज्ञान हुन्छे नारी बुझ्न सके बुझ ।।

घरै बार भुल्दै बस्न पाए बस्छन् लठ्ठारिदै
छिर्दै भट्टी पिउदै रक्सी हिड्छन् बट्टारिदै
श्रीमतीको काम सघाउँदा मर्न खोज्नेहरु
मर्द हुँ म भन्दै आउँछन् ठाउँठाउँ पच्छारिदै ।।

निधारमा रातो टीका~~ र जमरा सजाएर
आउ आशीर्वाद लिई मनमा आसा जगाएर
पारिवारिक सम्बन्धलाई प्रगाढ पार्न सक्छौं
सकारात्मक सोचले संस्कृती यो बचाएर ।।

हषिर्त भा’ छन् बाबू आमा चाडबाड आएर हो कि त
टाढा गा’का सन्तान फिर्ने~~ ~खवर पाएर हो कि त
बिदा मिलाउ दुईचार दिनलाई शहर बस्ने र परदेशी
भन्छिन् घरमा बस्ने प्रिया अत्यास लाएर हो कि त ।।

पठाउ चोखो माया मेरै ~~सम्झनाको लागि
पोहोर भन्दा अझ धेरै~~~ सम्झनाको लागि
बसेकी छु दोबाटोमा~~~~नयन ओछ्याएर
आँचल थाप्छु देउ जोखेरै ~सम्झनाको लागि ।।

पुरानो वस्त्र नयाँ लाग्छ मनमा खुसी भए
सदा नौलो उमंग जाग्छ मनमा खुसी भए
दु:ख पर्दा म छु भनी साथ दिने हुँदा कोहि
तनाव पर परै भाग्छ ~~मनमा खुसी भए ।।

सयपत्री फुल्ने आँगन ~~भरी खुसी फुलोस्
जिन्दगीमा अखण्ड दिप ~सरी खुसी फुलोस्
बाधा फुकुन दु:ख बिना ~~~गन्तव्य त्योभेट्न
हिमालबाट सिधा तराई~ ~झरी खुसी फूलोस् ।।

खोली तरी लौरो फाल्ने चलन मौलायो
साटो फेर्न घरै बाल्ने ~~चलन मौलायो
मुर्खले त खै के गर्छ बुद्धिमानले यहाँ
घरभित्रै गाेमन पाल्ने चलन मौलायो ।।

उध्रिएको जिन्दगी यो सिलाउने कसो गरी
एक पछि अर्को आउँछ समस्या नि थरी थरी
आउँछौ माया हात समाई लान्छु भन्छौ र नि
जान्छु भन्थेँ दिने भए त्यो साथ जीवन भरी ।।

जे जे हुन्छ सधै यहाँ नसोचेको कुरा हुन्छ
मन खोटी हुनेको त बोलीमा नि छुरा हुन्छ
सुम्पनुको के कुरा भो ज्यानै सुम्पी दिए पनि
सोच्नै हुन्न स्वार्थ भित्र गर्ने वाचा पूरा हुन्छ ।।

हिजो जस्तै आज ठिक्क ~कतिन्जेल पारौला र
अङ्गालोमा बेर्ने माया ~~~~कति पर सारौला र
हृदयमा प्रेम अग्नि ~~~~ सल्काएर छाडे पछि
जानाजानी आफ्नै मुटु ~~~जलाएर मारौला र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.