“मेरो कलम”

Manda, Paudel, Nuwakot, मन्दा पौडेल, pallawa, पल्लव

मन्दा पौडेल

तिम्रो अस्मिता,अस्तित्व लुटिएको अनि
तिम्रो बाबा-आमाको संसार चुडिँएको दिन,
रंगिन सपनाहरू धमिलिएर अन्धकार भएको क्षण
अनि तिम्रो अकल्पनिय मृत्युशैय्यासंगै
झोक्रिरहेको मेरो कलम
अनि घोत्लिरहेको मेरा कोरा कागजहरू
खै किन आज दुबै यति आतुर छन्,
एक पोखिन र अर्को लत्पतिन?
सायद धैर्यता र शाहासको बाँध फुट्नै लाग्यो,
यहाँ एकअर्कामा विश्वास अनि मानवियपन टुट्नै लाग्यो।

 

अशक्त हुदैँ केहि ओकल्न खोज्दै छ
तिम्रा बाबा-आमाका आँशुमा रूजेको
मेरो कलम,र पोतिन तयार छन्
तिम्रो चित्कार अनि तिम्रो आलो रगतले
विक्षिप्त लत्पतिएका मेरा कोरा कागजहरू।

हो निर्मला,तिमीसगैँ वलात्कृत भएको छ मेरो कलम,
अनि उजाडिएका छन् मेरा हज्जार भावनाहरू
र जलेका छन् मेरा हज्जारौँ रंगिन कागजहरू।
आफ्फैँलाई धिक्कार्दैछ मेरो कलम,
कस्तो कलंकित मसिले भरिएछु?
सबैमा क्रुरता अनि दानवियपन हावी
भैसकेको कुरामा बेखबर रहेछु।
हो निर्मला मेरो कलमले पुकारिरहेको छ,
तिम्रो अपराधीको मृत्युदंड!

हो निर्मला तिम्रो चित्कारले विचलित मेरो कलम
अव झोक्रिने छैन,
किनकि यसले तिमि जस्ता हज्जारौँ
निर्मलाको अस्मिता रक्षा अनि
न्यायका निमित्त मुचूल्का
उठाउनै पर्नेछ र दोषिलाई दण्ड सजाय दिलाउनै पर्नेछ ।
दण्ड सजाय दिलाउनै पर्नेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.