‘तराईको दशै’

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

तराईको रमझममा
दशै मनाइयो
दुर्गा मन्दिरमा
रातभर बजाउने
माइकले
निन्द्रा भगायो

दुर्गा देविको कानमा
पुग्ने गरि सुनाउनु
पर्ने रे
आकाश सम्म
आवाज पुगि
घुम्नु पर्ने रे

 

मछ्ड आइ कानभरी
घण्टी बजाउछ्न
जिउभरी चुसेर रगत
सिध्याउछ्न
जिउभरी डावरले
ठाउँ खाली छैन
घमौराले जिउभरि
ठाउँ छोड्या छैन

गर्मी सगै पसिनाका
धारा छुटदछन
तराई बासीका भाषा
बुझ्न नसकेर
दिक्क बनाउछ्न

कलको पानी खिया
गनाइ वाक्क बनाउछ
जहाँ त्यहीँ गोमन,करेट,
धामनलेअड्डा जमाउछ

तरपनि आफ्नो ठाउँ
प्यारो त्यहीँ लाग्छ
त्यहीँ ठाउँमा हुर्के बढे
त्यहीँ ठाउँ राम्रो लाग्छ

यही नै सृष्टि सग घुलमिल छ
तराईको बस्ति
रमाइ रमाइ बसेका देखिन्छन्
यही ठाउँका सृष्टि

उमा दाहाल
शान्ति नगर कारेश्वर काठमाडौ
हाल: महेन्द्र नगर सखुवा जनकपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.