हिरा खड्का अधिकारी का केही मुक्तकहरूः

Hira, Khadka, Adhikari, हिरा खड्का अधिकारी, pallawa, पल्लव

हिरा खड्का अधिकारी

रातले खोज्छ सधैंभरी पूर्णिमाको जूनलाई
बतास आई लगे हुन्थ्यो मेरो खबर उनलाई
किन किन माया टाढा हुँदै गयो आजभोली
कुन जुक्ति लगाउँ मैले उनको मन छुनलाई ।।

एकाबिहानै नभेटाउने खबर पठाएछ
बन्द खाममा अक्षरको जहर पठाएछ
भत्काएर विश्वासका महल जति सबै
केवल उसले घातै घातको घर पठाएछ ।।

 

नभन्नु उसको मन डराएको छ
चोट खाएरै सबै पीर हराएको छ
संघर्ष नै साथी रहेछ जीवनको
त्यसैले मनले दु:ख मन पराएको छ ।।

बालापन सापटी मागेर मुस्कुराउन मन लाग्यो
त्यही खुशी बटुलेर एकपल रमाउन मन लाग्यो
जामाभरी गट्टी पोकोपारी तिमीसँग खेल्नलाई
उफ्रँदै सात समुद्र कटि आज आउन मन लाग्यो ।।

अरूणको तिरै तिर हामी बाटो काटौँ ठुली
देऊरालीलाई साक्षी राखि औठी साटौँ ठुली
सोह्र पुगि सत्र लाग्यौ माइत बस्नु हुन्न अब
जस्तो पर्छ ब्यहोरौँला आजै आटौँ ठुली ।।

हिरा खड्का अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.