दशै

Ambika, Adhikari, अम्बिका अधिकारी , pallawa, पल्लव

अम्बिका अधिकारी

वर्षा वादल छैन लौ गगनमा सफा अहा सुन्दर
खुल्छन दिन र रात नै चहक भै देखिन्छ सारै पर
सेता ती हिमशैल्य पूर्ण हिमका ढाकी नया च्यादर
गर्छ्न् स्वागत खुसभई हृदयले लालित्यको आदर

फुल्छन् पुष्प हजार वाग वनमा सुगन्ध फैलाउन
छर्छन् पन्छी मधुर श्वर शुभ नै घन्कन्छ सारा वन
हावा सिरसिर चल्दछन् र सीतका सीतार्णु झर्छन तल
तप्क्न्छन वुँद तप्प तप्प रसिला मोती जसै निर्मल ।

 

नयाँ छन घर गोठ आँगनहरू लिप्-पोतले सुन्दर
नयाँ वस्त्र लगाई वालकहरू वन्दै अति फुर् फुर
डुल्छन् गाऊँ रमाउदै युवक ती खेल्वाडमा मस्त छन्
कोरी केश श्रृड्गारसाथ युवती प्रसन्न भई वस्दछन ।

देवीको महिमा सभक्ति दिलमा राखेर ती सज्जन
पुग्छन् पूर्व रक्तिम त्यो प्रहरमा दुर्गा सधै पुजन
तन्नेरीहरू पिडमा रहरले खेल्छन रमाइकन
लिड्गे रोटे घुमाई मस्तसँग ती लठ्ठो समाई कन

नयाछन् हर स्थान सुन्दर सफा स्वछन्दता पुर्ण छन
मेटिन्छन सव द्वन्द्व आपस सवै दुर्भावना चुर्ण छन
असत्य दूर हुन्छ सत्-विजयको हो चाड यो सुन्दर
शान्ति ऐश संवृद्दि साथ दशमी आउन सवैका घर ।

दिन्छु यो शुभ कामना हृदएको ढोका उघारीकन
हटुन रोग र शोक लक्ष्य सव नै पुरा हटुन वन्धन
ईच्क्षापूर्ण वनुन् सू-दिन सवका फिर्दैगरून भर्खर
यही नै शूभकामना सकलमा सु-स्वास्थको घर्-घर ।।

अम्बिका अधिकारी
झापा, हालः मैतिदेवी काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.