गजल

Parwati, Pabati, Khanal, Aryal, पार्वती खनाल अर्याल, pallawa, पल्लव

पार्वती खनाल अर्याल

हामी नेपाली को घरघर दशैँ बनेर आयो !
मिठो खाने उमङ्ग रहर दशैँ बनेर आयो !!

भए खाने ‘मोज गर्ने नहुनेलार्इ फसाद छ
गरिव जनलार्इ कहर दशैँ बनेर आयो !!

खै कति मानौँ खुसी अनि कति बाँडौँ र उमङ्ग
धनीको छिमेकमा जहर दशैँ बनेर आयो !!

 

चौतर्फी झिलीमिली छ खुसीयाली पर्वहरूको
कतै बलात्कारी कै प्रहर दशैँ बनेर आयो !!

महादेवको साम्ने बसेर भन्दै थिन ‘पार्वती’
अन्यायमा न्यायको ठहर दशैँ बनेर आयो !!

भरतपुर, चितवन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.