गजल

Pandey, Radha, Kapilwastu, राधा पाण्डे, pallawa, पल्लव

राधा पाण्डे

आजसम्म जीवन बाँचेको तिम्रै लागि हो
आँसु चुहार्इ हाँसो साचेको तिम्रै लागि हो ।

अनकन्टार को भू–मण्डल को भकुण्डो झैँ
मुटुमा लात हान्दा नाचेको तिम्रै लागि हो ।

राम–सीता झैँ रम्दै घुम्ने इच्छा आकांक्षाले
वेदना भित्रै मस्की हाँसेको तिम्रै लागि हो ।

 

रुँदा–रुँदै मेरा अश्रूले फेवाताल बन्दैछ
पीडै पीडाले मन भाँचेको तिम्रै लागि हो ।

जन्जिरको कठघरामा उभ्याउन खोजे पनि
अमूल्य यो समय मासेको तिम्रा लागि हो ।।

Pandey, Radha, Kapilwastu,

कपिलवस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.