रूपा रिसालका का केही टुक्रा

Rupa, Risal, रूपा रिसाल, pallawa, पल्लव

रूपा रिसाल

गीति कविता :
वर्षमा दिनको वडा दशैंले हर्षोल्लास ल्यायो,
पारी घरको डाँडामा हेर दाजुभाउजु बोलायो !!

सुनसान रहने छहराले पानी मीठो पल्कायो,
वर्षमा दिनलाई नविर्सने माया पिरती सजायो !!

दिनहुॅ लात्ती हान्ने पृथ्वीलाई पिङले बिसायो
नातागोताको आदर स्नेहभाव दिलमा समायो !!

 

नसवारी जाम छ, न धुवाधुलो आराम दिलायो,
चौडा बाटो रङरूपको सुन्दर अनुहार सजायो !!

देशको माटो स्वाद, गन्ध, हावापानी चखायो,
पितृको माया, सन्तान र धर्मको निष्ठा दर्सायो !!

बोनसमा दुर्इ मुक्तकः
१,
कहाँ कहाँ खोजी हिंडु, प्रिय तिमीलाई म,
रनवन पछ्याउॅदै हिंडु, प्रिय तिमीलाई म,
आफ्नै ढंगमा रोज्न, खोज्छु तिमीलाई म,
त्यसैले यो संसारमा, भौतारि रहेको छु म !!
२,
आमाकै शक्तिको आडमा बाँचिरहेको छु म,
आमाकै नयनको तारा बनी घुमिरहेको छु म,
मातृभूमीलाई सर्वस्व सहित यो ज्यान दिँदा,
दानवीर कर्णको कबच बनी रहन सकिन म ?

रूपा रिसाल चालिसे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.