गजल

Saraswati, Pant, सरस्वती पन्त, pallawa, पल्लव

सरस्वती पन्त

स्याउ बेचेर सराब किन्ने मै त हु,
असल त्यागेर खराब किन्ने मै त हु ।

जब गोरस बेस्वादिलो लाग्न थाल्यो,
स्वादिलो पान पराग किन्ने मै त हु ।

टिक्नसके त फाइदा छ राजनीतिमा,
देश बेचेर नी जहाज किन्ने मै त हु, ।

 

शान्ति चाहियो भन्खै जो कराए पनि,
बुद्ध नै बेचेर शोभराज किन्ने मै त हु ।

स्याउ बेचेर सराब किन्ने मै त हु,
असल त्यागेर खराब किन्ने मै त हु ।।

बोनसम यौटा मुक्तकः
जिउने फरक शैली छ जीवनमा,
पिउने फरक शैली छ जीवनमा,
मनको पिडा मुस्कानले छोपेर,
सिउने फरक शैली छ जीवनमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.