मोहन राज खनाल का केही मुक्तकहरूः

Chaturvedi,, Mohanraj, Raj, Khanal, मोहन राज खनाल ‘चतुर्वेदी’,pallawa, पल्लव

मोहन राज खनाल ‘चतुर्वेदी’

हाम्रो गौरव नेपाल जस्तै बर्मेलीको आगनमा
हाम्रो सौरव हिमाल जस्तै बर्मेलीको आगनमा
स्वच्छ शान्त बुद्ध भूमी स्वयंभूको दर्शन
हाम्रो गौरव श्री नाथ जस्तै बर्मेलीको आगनमा ।

हाँसे पनि हामीनैंहौं रोए पनि हामी
नाचे पनि हामीनैंहौं गाए पनि हामी
सुख दुख तातो छारो जीवनी माया
लाए पनि हामीनैंहौं छाए पनि हामी ।

 

हाम्रो हृदय भित्र असंख्य माया बसेकोछ
जाति भाषा साहित्यमा असंख्या माया बसेकोछ
उदय सूर्य देखी अस्तय जुन तारा गन्न सम्म तयार
हाम्रो हृदय भित्र असंख्य बाचा बसेकोछ ।

रिसको लगानिमा चतुर मान्छे बद्मासी
पीरको कराहीमा हजुर मान्छे सह्माली
डाहा ईर्ष्या फेवर यस्तो मोहादिमा लम्पट
निमको लगानिमा दत्तुन मान्छे भलात्मी ।

समय राम्रो नभए पनि मौनमा सुन्दर
मनले हाम्रो हृदय छोए जीवन सुन्दर ।
दुई दिनको टेवा पथिक् हौं भन्ने मनमा बिचारी
समय हाम्रो सफल पनि मौनमा सुन्दर ।

नेपाली हुँ तर पनि मता गोर्खाको नाम मा छु
हिमाली हुँ तर पनि यता गोर्खाको नाममा छु
पुर्खौलीको रगतले यता सिङ्गो छाती हिमालछ
बर्मेली हुँ स्थल पनि यता गोर्खाको नाम मा छु ।

मोहन राज खनाल (म्यान्मार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.