शुभकामना_पद्य

Ram, Chandra, Ghimire, रामचन्द्र घिमिरे , pallawa, पल्लव

रामचन्द्र घिमिरे

मन सोच्दछ जो कविता म भनूँ।
तन होस् सुख पूर्वक भै म जिऊँ।।
भरियून् हर चाह रमेर सब।
विजया जय भैकन मानअब।।

जुन जो छ कुरा मनको मनमा।
अडिने छ भने नअडोस् मनमा।।
तन दिव्य बनोस् सुख साथ सब।
विजया जय भैकन मान अब।।

 

सब आश गरून् रुचि खान मिलोस्।
अनि देह छुटीकन जान मिलोस्।।
तरुनो तरुनी मन बोक सब।
विजया जय भैकन मान अब।।

मनमा जति छन् सब चाहहरू।
हरि साथ दिउन् हर राहहरू।।
करकाप नहोस् जयकार सब।
विजया जय भैकन मान अब।।

अनि मूल कुरा सुख तुष्टि मिलोस्।
मुखमा निजको नित पुष्टि मिलोस्।।
भनियो मनले बुझ भाव सब।
विजया जय भैकन मान अब।।

कुविचार नहोस् तन कान्ति हओस्।
सुविचार रहोस् मनभ्रान्ति नहोस्।।
छ विचार यही मन सोच्छ जब।
विजया जय भैकन मान अब।।

छन्दः तोटक

One thought on “शुभकामना_पद्य

  1. नभने पनि हुन्छ भने पनि
    नगने पनि हुन्छ गने पनि
    सबमा सुविचार छरून् विजया
    जय राम ! रच्याै कविता विजया !!


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.