सिद्धार्थ देवकोटा जिन्दगी का जोर गजल

Shiddarth, Devkota, Jindagi, शिद्धार्थ देवकोटा ‘जिन्दगी’, pallawa.पल्लव

शिद्धार्थ देवकोटा ‘जिन्दगी’

गजल–१,
आयो गयो दशैको माहोल खास थिएन,
ज्याला गरेर पुग्दैन्थो ठिक्क गास थिएन।

पक्कै केही भएको होला रुदैछिन प्रिया,
नाडी समाउदै आगनका छेउ सास थिएन।।

फाटेर खेर जाने जाले रुमाल त्यहीँ ,
चल्यो बतास टाढा लग्यो त आस थिएन।।।

 

थाकेर बस्छु भन्थे बाधा बनेर आयो,
कम्पन गरेर हल्लाई गाउँ बाँस थिएन।।।

खोक्रो बनाउ नेता बेचेर देशलाई,
झुक्ने भयो कहिल्यै नेपाल दास थिएन।।।।।

मुजारे मुसम्मन अखरब
२२१, २१२२, २२१, २१२२

गजल– २,
बोलेर हेर्नू माया टाढा बताइदिन्छ,
जस्तो छुरा मलाई आफ्ना धसाइदिन्छ।

बिचरा कठै! म सोझो मान्छे भनेर सारै,
बेचेर खाइदिन्छ नाङ्गो गराइदिन्छ ।।

चाहेर आइदिन्छ छाया त घाम संगै,
किन्बेचमा त माया लगाइदिन्छ ।।।

सम्झेर याद कस्को लागी गरौ भन्नू,
गल्दै छ भावना यो छिन्मै जलाइदिन्छ।।।।

बाटो भनेर बेहोसी घाटमा पुगेको,
खोजेर आइदिन्छ घाटमा पठाइदिन्छ ।

मुजारे मुसम्मन अखरब
२२१, २१२२, २२१, २१२२

– सिद्धार्थ देवकोटा `जिन्दगी´
– चापाकोट, स्याङ्जा
स्रोत :- बहरबहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.