दिपक एच.डि न्यौपाने का केही मुक्तकहरूः

Dipak, HD, Neupane, दिपक एच.डि न्यौपाने, pallawa, पल्लव

दिपक एच.डि न्यौपाने

एकछिन मै छुटेको हाम्रो प्यार कस्तो थियो,
बुझ्ने सकिएन उनको बिचार कस्तो थियो ,
अझै पुरिएको छैन दुखीरहेको छ यो घाउ ,
मुटुमा हानेको देखेन खोइ तरवार कस्तो थियो,

राम्रो कलकलाउँदो जवानी मरेपछि
कस्तो हुन्छ होला जिन्दगानी मरेपछि
स्वर्गमा मिल्लाकी नर्कमा मिल्ला बास
मेरो लास जलेर हुँदा खरानी मरेपछि .

 

जीवन सुम्पेको थिए सबै बुझ्नै सकिएन
बुझ्न् खोज्दा पनि अझै बुझ्नै सकिएन
तिमी बिना एकपल बाँच्नै सक्दैन भन्थ्यौ,,
आज छोडेर गयौं किन खै बुझ्नै सकिएन,,

न बाँच्ने मेरो आधार थियो न श्वास थियो !!
तिमी डोलीमा थियौ र श्रीमान पास थियो !!
मैले समयको महत्त्व त्यो दिन देखि बुझ्ये,,
सिउँदो रङ्गिएको थियो यता रुवाबास थियो !!

कोपिलाहरू फूल पलार्इ सित्तैमा दिन्छन ,,
जिन्दगी कोहि कोही चलाइ सित्तैमा दिन्छ्न,,
अन्तिम उपहार मुटु समालेर राख्नु भनेको,,
आज त्यही मुटु जलार्इ सित्तैमा दिन्छ्न ,,

न आफ्नो बनायौ तिम्ले न पराई बनायौ ,,
दुनियाँको नजरमा दोषी मलाई बनायौ ,,
जिन्दगीको केही रूप हेरेर त होला प्यारी ,
हर पीडै-पीडामा रूवाउने एकाई बनायौ ,,

बाँधिएका सम्बन्ध टुट्छन् नसिब खराब रहेछ,
आफन्त पनि छिट्टै छुट्छन् नसिब खराब रहेछ,,
जब तिमीलाई भेट्न भनेर घरमै गएको बेला
आउछन् तिम्रो बाउले कुट्छन् नसिब खराब रहेछ ,,

जिन्दगी बाँच्न पनि त कति भार रहेछ ,,
गरिबको झुपडी धनीको दरबार रहेछ ,,
कयौं युवाहरू परदेशीनुको कारण बुझ्दा,,
गरिब रहेछ मेरो देश बेरोजगार रहेछ ,,

मंसिर लाग्यो छिट्टै आउ भन्नू हुन्छ आमा ,,
थोरै खाई थोरै बचाउ भन्नु हुन्छ आमा ,,
धेरै दिन भो पिडै पीडा सहाएर बसिराछु ,,
बिहे गरि मलाई सघाउ भन्नू हुन्छ आमा ,,

फुल पाती अछेता छरेर फर्किदैछु आमा
रातो बाकस भित्र भरेर फर्किदैछु आमा
प्रदेशी छोराको यादमा रुदै नबस्दिनु होला ,,
जन्मभूमि तिर लास मरेर फर्किदैछु आमा

न दशैँ आउछ न तिहार आउछ परदेशमा हुनेलाई,,
हरबखत यादहरूले रुवाउछ परदेशमा हुनेलाई,,
कोहि पनि आफन्त नहुदा निधार खाली हुन्छ,
टिका र जमरा कसले पो लाउछ परदेशमा हुनेलाई,

सम्झनामा पठाउछौ चाडपर्व बारम्बार राखेर ,,
परदेशीको दुख पीडामा सधैं दसैं,तिहार राखेर ,,
बहिनीले उनेका सयपत्री फूलमाला सुके होलान,
धरधरी आँसु झार्दै आफ्नै खाली निधार राखेर ,,

नामः दिपक एच.डि न्यौपाने
ठेगानाः पन्चपुरी नगरपालिका ११ सुर्खेत
रुचिः साहित्य लाई माया गर्ने
जन्म मितिः २०५४/४/१९
हालः गुजरात, भारत,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.