गजल

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

चल्दैन जिन्दगानी धाता भनेर रुन्छौ
मातृत्व नै हरायो माता भनेर रुन्छौ

विश्वास छैन ऐले स्वार्थी भयो जमाना
खोक्रो छ भित्र आत्मा गाथा भनेर रुन्छौ

पैसा हुदा हितैषी खस्क्यो भने अवस्था
एकान्त बस्नु पर्ने नाता भनेर रुन्छौ

 

आषा दिएर आफना विस्वास घात गर्ने
यस्तो समाज ऐले दाता भनेर रुन्छौ

योटै त हो नि मान्छे आर्दश खेति गर्ने
बन्धन मात्र बाकी खाता भनेर रुन्र्छौे

यो लोकमा उधारो चल्दैन साथि ऐले
भित्री छ पेज खाली गाता भनेर रुन्छौ

खाटा दुखेर पीडा होला नि रात पर्दा
देख्दैन आशु आखा पाता भनेर रुन्छौ

छन्दः दिक्पाल
बहरे मुजारे मुसम्मन् अखरब
मफ्ऊलु ,फाइलातुन् , मफ्ऊलु ,फाइलातुन् ,
रुक्न ः SSI SISS SSI SISS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.