गजल

Sheru, Thapa, शेरु थापा, pallawa, पल्लव

शेरु थापा

तिमीसँग नौलो बहार छ अर्थात कथा जारी नै छ
मसँग सुकोमल प्यार छ अर्थात कथा जारी नै छ

तिमी आउने जाने बाटोमा ओच्छिएका हुन्छन आँखा
तिमीमा सधै नविन श्रृङ्गार छ अर्थात कथा जारी नै छ

हाम्रो बाटो अलग्गियो तिमी बिर्सियौ म सम्झिरहेछु
सम्झने र बिर्सने विचार छ अर्थात कथा जारी नै छ

 

हामी अलग धर्म मान्ने भयौ म गणेश मानें तिमी बुद्ध
मभित्र मन्दिर तिमीभित्र बिहार छ अर्थात कथा जारी नै छ

लगिसकेका यादहरू सबै सबै फिर्ता दिएर गयौ तिमी
अब तम्ले दिएको संसार छ अर्थात कथा जारी नै छ ।।

म्यान्मार, बर्मा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.