लक्ष्मण पौड्याल का केही मुक्तकहरूः

Laxman, Paudyal, लक्ष्मण पौड्याल, pallawa, पल्लव

लक्ष्मण पौड्याल

यहाँ त मानवमा हुने गुण हराएको छ
जताततै लडाइँले संसार कराएको छ
विकाश गर्छु भन्ने ले पतन बनाए पछि
तीनैबाट सुनौलो समाज डराएको छ

त्यो मानव पनि एकदिन मर्नुपर्ने छ
देवलोक पार गर्न समुद्र तर्नुपर्ने छ
यति प्राप्त गर्न सकेन देवलाई भने
फेरि पनि यही पृथ्वीमा झर्नुपर्ने छ ।

 

समाजमा काम गर्ने धेरै छन् यहाँ
जन्ता ठगी हाम गर्ने धेरै छन् यहाँ
देखावटको कार्य गरेर हिजो आज
आप्नो मात्र दाम गर्ने धेरै छन् यहाँ ।

एउटै सूर्यले संसार बलेकोछ
रापताप सहेर यहाँ जलेकोछ
तीनै हुन भगवान हाम्रो लागि
बुझ उनैबाट जीवन चलेकोछ ।

सँस्कृतिर सभ्यताको फूल बनाहौँ
लाग्दैन दाग भावनाको मूल बनाहौँ
भेदभाव र तिरस्कारले चल्दैन जीवन
अलक नहोस् जात एउटै हूल बनाहौँ ।

अस्तित्वको इज्जतमा कतै दाग लागेको देख्छु
टुक्रियो समाज ठाउँठाउँमा भाग लागेको देख्छु
सबै मानिस आफ्नै काममा व्यस्त हुँदा आज
सँस्कृतिर सँस्कारमा हाम्रो राग लागेको देख्छु ।

त्यो तिम्रो ओठमा सुगन्ध झल्किएको छ
दुनियालाई भुलाउने माया टल्किएको छ
भगवानले धेरै समय साँची बनाएर हो की
हरेक मान्छेको ध्यान तिमीसंग सल्किएको छ ।

तिमीलाई हेर्न सक्ने नयन नबनेको भए
मन मुटु भित्र राख्छु भनि नभनेको भए
सायद कसैप्रति गइसक्थ्यौ तिमी पनि
विश्वास दिलाएर मैले दिन नगनेको भए ।

मानवबाट मानव काटिएको छ
ममतार माया सबै फाटिएको छ
देखे पनि नदेखे झैँ गर्नु पर्छ यहाँ
गर्भबाट कयौँ बच्चा साटिएको छ ।

उपदेशको शब्दमा दाग लागेको देख्छु
धर्म एउटै हो यहाँ भाग लागेको देख्छु
सबै मूर्ख भएर हो या विद्वान भएर हो
यति राम्रो ठाउँपनि राग लागेको देख्छु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.