वडा दशैँ

Uma, Dahal‎, उमा दाहाल, pallawa, पल्लव

उमा दाहाल

‎नेपालीको घर आगनमा
वडा दशै आयो
हर्ष खुशी उमंगले
आन्नदनै छायो
बजार भरी क्रेताहरू
भरी भराउ भाछ्न
घर घरमा पुर्याउनलाई
गाडीहरू गाछन
शहरको भारी बस्ती
रितिदै गाको छ
रित्तो गाउँ पनि आज
भरिदै गाको छ ।

 


निलो आकाश
भरिएका छ्न
चङ्गा चङ्गै उडी
मठ मन्दिरमा
भिडभाड छ
देवि देवता पुजी
लिङ्गे पिङ्को लठारोलार्इ
बाटन एकजुट भाछन
रोटेपिङ्गका खम्बाहरु
गाडन थालेका छन
जमराले दशै घरलार्इ
झपक्क पारेछन
मालसिरिका धुनहरूले
गाउँ नै गमक्क छन
नत जाडो नत गर्मी
मौसम लाग्छ उत्तम
रिस राग सवै छोडी
सवैजना जुटौँ
नेपालीको घर आगनमा
वडा दशै आयो
हर्ष खुशी उमंगले
आन्न्दनै छयो ।

उमा दाहाल
शान्ति नगर, कारेश्वर, काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.